सोमवार, माघ २३, २०७९

बाग्लुङमा केसीले दिए मतदातालाई धन्यवाद

बागलुङ निर्वाचन क्षेत्र नं. १ प्रतिनिधि सभा तथा प्रदेशसभामा गठबन्धनका तर्फबाट बिजयी माननीय चित्र बहादुर के.सी. र माननीय दिपेन्द्र बहादुर थापाले अाज २०७९ मंसिर १० गते बानपाकाे वडा नं ५ मालिका, वडा नं ६ पञ्चकाेट, वडा नं ७ कालिमाटी र काठेखाेला गाउँपालिकाकाे वडा नं १ पाला, वडा नं २ भिमापाेखरामा मतदातालाई धन्यवाद कार्यक्रम सम्पन्न भएकाे छ । माननीय चित्र बहादुर केसी र माननीय दिपेन्द्र बहादुर थापाले गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराईदिनु भएकाेमा मतदाताहरुलाई धन्यवाद दिदै हामी हाम्रो प्रतिबद्धता पूरा गर्न सधैं तपाईंहरुकाे साथमा रहने बताउनु भयाे । कार्यक्रममा ५ दलिय गठबन्धनका केन्द्र, प्रदेश, जिल्ला र पालिकास्तरीय नेताहरुकाे सहभागीता रहेकाे थियाे ।ु

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?