बिहिबार, भदौ २६, २०८२

गौमुखीमा अपाङ्गता दिवस मनाइयो

झिमरुकपोस्ट संवाददाता
३१औँ अन्तराष्ट्रिय अपांगता दिवशको अवसरमा शनिबार गौमुखी गाउँपालिकामा बिषेश कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको छ ।

गौमुखी गाउँपालिका  स्तरिय अपांग सन्जालको आयोजना तथा गौमुखी गाउँपालिकाको  सहयोगमा बिविध कार्यक्रम सम्पन्न भएको हो । गौमुखी गाउँपालिका उपाध्यक्ष महाविर रानाको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको बिषेश अतिथिमा राष्टृय अपांग महासंघ नेपाल लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा प्युठान जिल्लाका निवर्तमान अध्यक्ष जुमान सिंह केसी रहनु भएको थियो । गौमुखी गाउँपालिका  प्रमुख प्रशासकिय अधिकृत खुम बहादुर घर्ती समेत आतिथ्यतामा सम्पन्न भएकोछ।

पालिका भित्रका राजनैतिक दलका प्रमुख तथा प्रतीनिधि, गौमुखी गाउंपलिका भित्रका सबै वार्डका अपांगता भएका ब्यक्ती तथा संघ सस्थाका प्रमुख तथा प्रतीनिधिको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी तथा गौमुखी गाउँपालिका उपाध्यक्ष महाविर रानाले अपांगता भएका ब्यक्तीहरुको हित र बिकासका लागी गाउंपलिका सधैभर तयार रहेको बताउनु भएको छ । उहाले अपाङ्गता भएका ब्यक्तिको जीवन सहज गराउने कार्यक्रम तथा नीति ल्याउने समेत बताउनु भएको छ।

कार्यक्रमका राष्टृय अपांग संघ नेपाल लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा प्युठान जिल्लाका निवर्तमान अध्यक्ष जुमानसिंह केसीले अपांगता भएका ब्यक्तीहरुको अधिकार संबन्धी ऐन २०७४ लाई सबै स्थानिय तह र संबन्धित निकायले कार्योन्वयन गर्नुपर्ने बताउनु भएको छ । उहांले राज्यले प्रदान गरेको सेवा तथा सुबिधाहरु अपांगता भएका ब्यक्तीहरुले सहज रुपमा पाउन नसकेको भन्दै यसलाई सही कार्योन्वयन गर्नमा जोड दिनुपर्ने बताउनु भयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर घर्तीले गाउँपालिका अपाङ्गता भएको ब्यक्तिको साथमा रहेको भन्दै अपाङ्गता भएका ब्यक्तिहरु सक्रिय हुनु पर्ने बताउनु भयो उहाँले गाउँ पालिकले गर्न सक्ने सहयोग गरिरहेको र आउँदा दिनमा समेत गर्ने बताउनु भएको थियो।

अपांग सन्जालका अध्यक्ष निराज हमालको अध्यक्ष्यतामा सम्पन्न भएको कार्यक्रमको सन्चालन महिला बालबालिका साखाका उमा अर्यालले गर्नु भएको थियो ।

कार्यक्रममा सहभागी अपांगता भएका ब्यक्तीहरुले आफुहरुले पाउनुपर्ने यातयात, शिक्षा लगायत सेवाहरुमा छुट सहज रुपमा नपाएको गुनासो गरेका छन । दिवशको अवसरमा प्रत्येक वार्ड बाट प्रतिनिधित्व हुने गरि कमजोर तथा अशक्त अपांगता भएका ७ जनालाई न्यानो कपडा ब्लांकेट प्रदान गरिएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?