बिहिबार, भदौ २६, २०८२

प्युठानको झिमरुकमा दुई दिने नि:शुल्क स्वास्थ शिविर आयोजना हुने

दीपेन्द्र सुनार प्युठान पौष ८
प्युठानको झिमरुक गाउँपालिकामा दुई दिने निशुल्क स्वास्थ शिविर आयोजना हुने भएको छ।
स्वास्थ निर्देशनालय बुटवल रुपन्देहीको आयोजना र झिमरुक गाउँपालिकाको व्यावस्थापकीय सहयोगमा यहीँ पौष ९र १० गतेका दिन गौमुखी क्याम्पस मच्छी प्युठानको प्राङ्गणमा निशुल्क स्वास्थ शिविर आयोजना गरिएको झिमरुक गाउँपालिकाका स्वास्थ्य प्रमुख बिकाश के.सी.ले बताएका छ्न।
के.सी.का अनुसार शिविरमा
१: नाक , कान , घाँटी विशेषज्ञ सेवा
२: स्त्री रोग सम्बन्धी सेवा
३: छाला रोग सम्बन्धी सेवा
४: जनरल रोग ( फिजिसियन ) सेवा सम्बन्धी विशेषज्ञ सेवा का साथै अन्य विविध रोगहरुको पनि निशुल्क उपचार हुने उहाँको भनाइ रहेको छ।
उक्त शिविरमा झिमरुक गाउँपालिकाले मात्र नभएर अरु पालिका र अन्य जिल्लाका बिरामीहरुले समेत उपस्थित भएर शिविरको लाभ उठाउन समेत गाउँपालिकाले अनुरोध गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?