शुक्रबार, भदौ २७, २०८२

प्रदेश प्रमुख सेरेचनले गराए सबै सांसदको शपथ राजमोको तर्फदेखी तारा थापा

शंकर प्रसाद पोख्रेल
दाङ
लुम्बिनी प्रदेश सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनियताको शपथ लिएका छन्।

अरू प्रदेशमा जेष्ठ सदस्यले सम्बन्धित प्रदेश प्रमुखबाट सपथ ग्रहण गरेपछि अरू बाँकी सदस्यलाई शपथ ग्रहण गराउने गरे पनि लुम्बिनी प्रदेशमा सबै सांसदलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराउनुभएको हो

प्रदेशसभा नियमावली २०७९ को ४ को अनुसूची १ मा उल्लेख भएको ढाँचा अनुसार सबै सदस्यलाई प्रदेश प्रमुख शेरचनले पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो।

लुम्बिनी प्रदेशमा प्रत्यक्षका ५२ र समानुपातिकका ३५ गरी ८७ सदस्य छन।

सपथ गह्रण कार्यक्रम प्रदेश राजधानी दाङको देउखुरीमा भएको थियो। सपथ गग्रण कार्यक्रममा विभिन्न मिडियाकर्मीहरु,राजनीति पाटिका नेताहरु लागायतको उत्साहजनक सहभागीता रहेको थियो।

लुम्बिनीमा पहिलो दल बनेको एमालेबाट २९ सांसद छन् भने दोस्रो ठूलो दल नेपाली कांग्रेसका २७ सांसद छन्। माओवादी केन्द्रका ९, जनता समाजवादी पार्टीका ३, राप्रपा ४, नागरिक उन्मुक्तिका ४ र जनमत पार्टीका ३ तथा स्वतन्त्र ३ जना सांसद छन्।

प्रत्यक्षमा शुन्य बनेका नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चासँग समानुपातिक तर्फका एक-एक सांसद छन्।
राष्ट्रिय जनमोर्चाको तर्फदेखी राष्ट्रिय जनमोर्चाकि केन्द्रिय सदस्य तारा थापा क्षेत्री प्रदेस सांसद बन्नुभएको छ। यश अघिपनी राष्ट्रिय जनमोर्चाको लुम्बिनी प्रदेशमा एक जना संसाद हुनुहुन्थ्यो अघिल्लो पटक राष्ट्रिय जनमोर्चाले तारा जिसिलाइ प्रदेश सांसद बनाएको थियो।

पहिलो अधिवेशन सोमबार हुँनेभएको छ।
आइतबार प्रदेशसभा सदस्यहरुको सपथग्रहण भएसँगै लुम्बिनी प्रदेशसभाको अधिवेशन पुस १८ गते हुँनेभएको हो ।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम सोमबार दिउँसो १ बजे प्रदेशसभा अधिवेशन आह्वान गर्नुभएको छ।

प्रदेश सभाका सदस्यलाई प्रदेश प्रमुख शेरचनले सपथ ग्रहण गराइसकेकाले सभाको बैठक भने जेष्ठ सदस्यका हैसियतले गुल्मीबाट निर्वाचित डिल्लीराज भुसालले गर्नुहुनेछ।

गुल्मी क्षेत्र नम्बर २ (१) बाट निर्वाचित भुसाल प्रदेशसभामा सबैभन्दा जेठा सदस्य हुनुहुन्छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार भुसालको जन्ममिति २०१० साल जेठ ७ गते उल्लेख गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?