
शंकर प्रसाद पोख्रेल ,बुटवल
अप्ठ्यारो परेकाहरूलाई र दु:ख ,कस्ट भोगेका ,असाय जीवन बिताइरहेकाहरुलाइ सामाजिक संजाल टिकटकको माध्यमबाट सामाजिक कार्य गर्दै आईरहेको नेपाली हर्ट ग्रुपको अध्यक्षमा प्यूठानका डिल्लीराज पराजुली निर्बाचित हुनुभएको छ।
लुम्बिनी प्रदेसको रुपन्देही जिल्लाको बुटवल बजारमा सम्पन्न हट ग्रुपको प्रथम अधिवेशनबाट डिल्लिराज पराजुली अध्यक्षमा निर्बाचित हुनुभएको हो।
त्यसैगरी
उपाध्यक्षमा सम्भु लम्साल , गोविन्द थापा, र महासचिव एलबि थापा सचिव प्रसना पौडेल कोषाध्यक्ष रश्मी आले लगायतका रहनुभएको छ।
हट ग्रुपको उदेश्य समाजमा नाना, खाना ,छाना नभएकोलाइ सहयोग गर्नु मुख्य उदेश्य रहेको नब निर्बाचित अध्यक्ष पराजुलिले बताउनुभयो। उपेक्षित ,उत्पीडित ,दु:ख पाएका बालबालिका, वृद्ध लगायतलाइ सहयोग गर्नु हाम्रो उदेश्य हो ,हामिले धेरैलाई सहयोग पनि गरेकाछौ , अफुहरुको उदेश्यनै नेपाल भरी दु:ख पाएकालाइ सहयोग गर्नुरहेको पराजुलिले बताउनुभयो।
टिकटकले समाजमा बिकृती फैलायो भन्ने समाजको कुरालाइ चिर्दै टिकटक चलाउन जाने त्यसैको माध्यमबाट असाय गरिब दुखी,निमुखा गरिबहरुलाइ सहयोग गर्न सकिदोरहिछ भन्ने गतिलो उदाहरण टिकटक हट गुरुपले दिएको छ।
मनमा समाजमा केही गरौं भन्ने लागेर आफुहरुले टिकटको माध्यमबाट धेरै ठाउंमा दुख पाएकाहरुलाइ सहयोग गरेको अध्यक्ष पराजुलिले बताउनुभयो।