शुक्रबार, भदौ २७, २०८२

कम्युनिष्ट संग्रहालयको साधरणसभा सम्पन्न अध्यक्षमा चेतनाथ आचार्य र महासचिवमा हरि आचार्य

शंकर प्रसाद पोख्रेल बुटवल ,

कम्युनिष्ट संग्राहलय नेपालको तेस्रो साधरणसभा रुपन्देहीको बुटवलमा राष्ट्रिय जनमोर्चाको कार्यलयमा सम्पन्न भएको छ ।कार्यक्रमको प्रमुख अथिती नेकपा मसालका महामन्त्री मोहन
बिक्रम सिंह हुनुहुन्थ्यो भने विशिष्ट अथितिमा राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रेस्मिराज नेपाली हुनुहुन्थ्यो ,कार्यक्रमको उद्घाटन विशिष्ट अथिती रेस्मिराज नेपालीले गमलामा पानी राखेर गर्नुभएको थियो। कार्यक्रम अध्यक्षता कम्युनिष्ट संग्रहालयका अध्यक्ष चेतनाथ आचार्यले गर्नुभएको थियो भने कार्यक्रमको संचालन संग्राहलयका महासचिब खेम बन्धु कोइरालाले गर्नुभएको थियो स्वागत भासण दुर्गानाथ खरेलले गर्नुभएको थियो।

कार्यक्रममा लोकरज भुसाल काजी गाउले श्रेष्ठ पवित्रा जिसि रहेको निर्वाचन मन्डल बनाएको थियो ।कार्यक्रममा आर्थिक प्रतिबेदन कोसधक्ष्य हरि आचार्य र प्रगति प्रतिबेदन अध्यक्ष चेतनाथ आचार्यले पेस गर्नुभएको थियो।

तेस्रो साधरणसभाले चेतनाथ आचर्यको अध्यक्षतामा १३ पुण सदस्य र पाच सल्लाहकार समितिको चयन गरेको छ जस्को उपाध्यक्षमाहरुमा बद्रे आलाम महासचिवमा ,हरि आचार्य ,सचीवम लिल बहादुर केसि र कोसाधक्ष्यमा तारा थापालाइ चयन गरेको छ,त्यसैगरी सदस्यहरुमा भैरब रेग्मी,दुर्गा पौडेल ,गणेस गौतम ,नारायण बहादुर जिसि,विशाल दर्लामी,लछ्मन देब पान्डे ढुन्डिराज सर्मा,पदम श्रेष्ठ , रहनुभएको समिती बनेको छ।साधरणसभाले पांच सदस्यीय सल्लाहकार समिती चयन गरेको छ जस्मा रेस्मिराज नेपाली तुल प्रसाद बिस्वकर्मा खेम बन्धु कोइराला ,काजी गाउंले श्रेष्ठ रहनुभएको छ।

कार्यक्रममा नयाँ कार्यसमितिलाइ बधाइ दिदै प्रमुख अथिती मसाल महामन्त्री मोहन बिक्रम सिंहले विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेकोले कम्युनिष्ट संग्राहलयको महत्त्व अझ बढेर गएको बताउनुभयो।उहाले नयाँ कार्यसमितिलाइ बधाई समेत दिनुभएको थियो।कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता बोम बहादुर खत्री र लुम्बिनी प्रदेस सांसद तारा थापा राष्ट्रिय सभाका सांसद राजेस बिकको पनि अथित्या रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?