शुक्रबार, भदौ २७, २०८२

गाैमुखी जादै गर्द भिरबाट लडेर बसन्त सामतको ज्यान गयाे

प्युठान

प्युठानको उत्तरी इलाका गौमुखी गाउंपालिकामा पर्ने प्रसिद्ध पर्यटकीय स्थल गाैमुखी जाने क्रममा भिरबाट लडेर प्युठानकै झिमरुक गाउंपालिका ३ का बसन्त सामतको मृत्यु भएको छ । प्रर्यटकिय स्थल गौमुखी जाने क्रममा अर्खाकाे ठुलाचौर भिरबाट लडेर गम्भीर घाइते भएका २७ बर्सिय वसन्त सामतको मृत्यु भएको हाे ।

माघी मेलाकाे अवसरमा गाैमुखीमा लाग्ने ठुलो मेला हेर्न निस्किएका वसन्त सामत हिजाे साँझपख अर्खाकाे ठुलो भिरमा पैदल हिड्दै गर्दा भिरबाट लडेर गम्भीर घाइते भएको र उपचारको लागि प्युठान जिल्ला लगिएको बेला हस्पिटलले मृत घोषणा गरेको हाे ।

विकट ठाउँमा रहेकाे गा‌ैमुखी पुग्न प‌ैदल तथा सडक मार्ग दयनीय अवस्थामा रहँदा यहाँ सवारी दुर्घटना तथा स्वयं लडेर प्रत्येक वर्ष तिर्थालुहरुकाे ज्यान जाने गरेकाे स्थानीयवासीको जनगुनासो छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?