बिहिबार, बैशाख ६, २०८१

भतेरचाैरमा पिकनिक प्रतिक्षालय उद्घाटन

बिमल प्रसाद पाेख्रेल
माघ ८ प्युठान
प्युठान! प्युठानकाे मल्लरानि गाउपालिका ४ प्रयटकिय स्थल भतेरचाैरमा लायन्स कलब अफ प्युठानले निमार्ण गरेकाे पिकनिक प्रतिक्षालय माघ सात गते क्लबद्रारा आयाेजना गरिएकाे पारिवारिक बनभाेज कार्यक्रम तथा प्रतिक्षालय उद्घाटन कार्यक्रममा रिबन काटेर मल्लरानि गाउपालिका अध्यक्ष कृष्ण खड्काले उद्घाटन गरेका हुन।
उद्घाटन गर्दै खड्काले प्युठानमा हरेक समस्या परेका बखत प्युठानिहरु एक जुट भएर समस्या समधान गरेका कयाै उदारण सुनाउदै लायन्स क्लब अफ प्युठानले एक कराेड अठार लाखकाे डायलसिस मेसिन प्युठान अस्पतालमा जडानका लागि स्वकृत सम्झौता गरि लिएकाे हुदा जडानमा लाग्ने खर्च तथा ब्यबस्थापनमा जिल्लाका नाै ओटै स्थानिय तहले सहयाेग गर्ने बताएका छन।खड्काले लायन्स क्लब अफ प्युठानले भतेरचाैरमा निमार्ण गरेकाे पिकनिक प्रतिक्षालयकाे संरक्षण तथा थप ब्यबस्थित बनाउन गाउपालिकाले आबश्यक बजेट बिनियाेजन गर्ने समेत बताउदै क्लवका पदाधिकारिलाई सार्वजनिक सम्पदा निर्माण तथा संरक्षण गरेकाेमा क्लवकाे प्रगतिकाे शुभकामना दिएका थिए।
लायन्स डाक्टर भिमसेन गिरिले प्युठान जिल्लामा क्लव स्थापना भए लगत्तै आखाका बिरामिहरुकाे उपचार गरेकाे हजारौं आखाका राेगिहरुकाे निशुल्क आखा परिक्षण गरेकाे,जिल्लामा दादुरा रुबेला राेगका बिरुद्व उल्लेखनीय कार्य गरेकाे तथा बिभिन्न बेला बखतमा आईपरेका बिपतकाे समयमा पिडितलाई राहत तथा उद्वार गरेकाे बताए।
कार्यक्रममा बाेल्दै प्युठान नगरपालिका निबर्तमान नगर प्रमुख अर्जुनकुमार कक्षपतिले लायन्स क्लब प्युठानमा थप बिस्तार गरि नाै ओटै स्थानियतहमा गठन गर्न सहयाेगि मनसमक्ष अनुराेध गरेका छन साथै उनेले प्युठान नगरपालिका एक खैरामा रहेका २५ जना सुस्त मनस्थिति भएका बालबालिकाहरुका लागि न्यानाे उपलब्ध गराउने बताए । क्लबले सामाजिक कार्य गर्दा दिनप्रतिदिन युवाहरु सदस्यीय लिने र समाजसेबामा लाग्ने गरेकाे बताए साथै साेहि कार्यक्रममा बिशेक थापा,गिरिराज भन्डारी,प्रशुन श्रेष्ठ र अशाेक श्रेष्ठले लायन्स क्लब अफ प्युठानकाे सदस्यता लिएका थिए।
लायन्स क्लव अफ प्युठानका अध्यक्ष मिनबहादुर कुवरकाे अध्यक्षतामा सुरु भएकाे कार्यक्रमकाे संचालन नबिन श्रेषठले गरेका हुन। लायन्सका पुर्ब अध्यक्ष शिबराज श्रेष्ठ,मल्लरानि ग्रामिण बिकासकेन्द्रका अध्यक्ष बसन्तलाल श्रेष्ठ,तुलसिराम रिजाल ,लगाएतले क्लवले गरेका याेगदानकाे बिषयमा मनतब्य राखेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?