सोमवार, माघ २३, २०७९

संघीयता खारेजीका लागि राजमो रुपन्दहीले बुझायो ज्ञापनपत्र

शंकर प्रसाद पोख्रेल, बुटवल ।
सङ्घीयता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चा रुपन्देहीले प्रधानमन्त्रीको नाममा ज्ञापनपत्र बुझाएको छ ।

राजमो रुपन्देहीका अध्यक्ष बद्रे आलम नेतृत्वको प्रतिनिधि मण्डलले २०७९ माघ १० गते म·लबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन बुझाएको हो ।

ज्ञापनपत्र बुझाउन राजमोको प्रतिनिधि मण्डल प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको कार्यालय पुगेको थियो । प्रतिनिधि मण्डलले प्रजिअ पाण्डेमार्फत प्रधानमन्त्रीलाई मूलतः सङ्घीयता खारेजको माग राख्दै ज्ञापनपत्र बुझाएको थियो ।

राजमो प्रतिनिधि गंगा सापकोटाको सञ्चालनपछि ज्ञापनपत्रको वाचन राजमो जिल्ला सचिव टानबहादुर केसीले गर्नुभएको थियो ।

प्रतिनिधि मण्डलमा राजमो नेताहरू इन्दिरा ज्ञवाली, पदमप्रसाद श्रेष्ठ ,ढुन्डिराज सर्मा शङ्करप्रसाद पोखरेल पनि सहभागी हुनुहुन्थ्यो ।

राष्ट्रिय जनमोर्चाले माघ महिनाभरि देशव्यापी रूपमा सङ्घीयता खारेजको माग राख्दै ज्ञापनपत्र बुझाउने, अन्तरक्रिया कार्यक्रम गर्ने कार्यक्रम घोषणा गरिसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?