बिहिबार, बैशाख ६, २०८१

बुटवलमा राष्ट्रिय जनमोर्चाको बिरोध सभा संघीयता खारेज गर्न बक्ताहरुको माग

शंकर प्रसाद पोख्रेल ,रुपन्देही बुटवल

राष्ट्रिय जनमोर्चा रुपन्देही जिल्लाको आयोजनामा जिल्लाको ब्यापारीक केन्द्र बुटवलमा संघीयता बिरोधि सभा सम्पन्न भएको छ संघीयता बिरोधि सभालाइ संबोधन गर्दै राष्ट्रिय जनमोर्चाकि केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेस सांसद तारा थापाले, देशले अब संघीयता धान्न नसक्ने बताउनुभयो,सांसद थापाले राजाबादी र राष्ट्रिय जनमोर्चाको लाइन फरक रहेको उल्लेख गर्दै राष्ट्रिय जनमोर्चाको रणनितिक उदेश्य जनवाद् हुँदै साम्यवाद रहेको र राप्रपाको उदेश्य राजतन्त्र फर्काउनुरहेको स्पष्ट पार्नुभयो ,उहांले देशको एक मात्र पाटी राष्ट्रिय जनमोर्चा मात्र देश र जनताको पाटी भएकोले सम्पुर्ण जनताहरुलाइ राष्ट्रिय जनमोर्चाको झन्डामुनी गोलबन्द हुन आव्हान गर्नुभयो।

संघीयता बिरोधी सभालाइ संबोधन गर्दै राष्ट्रिय जनमोर्चाका युबा नेता बासुदेब पोख्रेलले देशको राजनीति अहिले जडिल मोडमा रहेको ,अमेरिकी साम्राज्यवाद र भारतीय साम्राज्यवादले नेपालका ठुला पाटिहरु मार्फत आफ्ना एजेन्डाहरु लागू गराउन नेपालको सार्बभौमसत्ता माथी ठाडो हस्तक्षेप गरेको ,एमसिसीको माध्यमबाट नेपालमाथि सैन्य शक्ति बडाएर चीन विरुद्ध हमला गर्ने योजना रहेको बताउनुभयो पोख्रेलले नेपालमा संघीयता चार दृस्ठिकोणले आवश्यक न रहेको बताउनुभयो ,आर्थिक ,राष्ट्रियता, जनसंख्या र दुई ठुला देशका बिचमा सानो नेपाल रहेकोले नेपालमा संघीयता उचित न रहेको बताउंदै ,प्रतिगामी खतरा अझै कायम रहेकोले गणतन्त्र र धर्मनिरपक्षताको रक्षा गर्न दबाब मुलक कार्यक्रम गरिरहनुपर्ने उल्लेख गर्नुभयो,।अमेरिकी नागरिकलाई नेपालको गृहमन्त्री बनाएर नेपालका गोप्य सुचनाहरु अमेरिकी पठाउने गरिएको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलमले पनि संबोधन गर्नुभएको थियो।आलमले देशमा भ्रष्टाचार ब्याप्त भएकोले आम नागरिक भ्रष्टाचार रोक्न जाग्नुपर्ने बताउनुभयो।

बिरोध कार्यक्रम राष्ट्रिय जनमोर्चाकि जिल्ला उपाध्यक्ष इन्दिरा ज्ञवालीको अध्यक्षता जिल्ला कोसाधक्ष्य केपि पोख्रेलको स्वागत भासण र राजमो जिल्ला सचीव टान बहादुर केसिको संचालमा अगाडि वढेको थियो ।बिरोध सभाको बिछ बिचमा रक्तिमका कलाकारहरुले जनबादी गित र निर्त्य प्रस्तुत गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?