शुक्रबार, भदौ २७, २०८२

राष्ट्रिय जनमोर्चा प्युठान रुपन्देही समितिको बनभोज तथा प्रशिक्षण सम्पन्न संघीयताका कारण देश श्रीलंका बन्दै :दुर्गा पौडेल

शंकर प्रसाद पोख्रेल बुटवल

राष्ट्रिय जनमोर्चाकि केन्द्रिय उपाध्यक्ष तथा प्रबक्ता दुर्गा पौडेलले संघीयताका कारण देश्को आर्थिक अबस्था नाजुक बनेको बताउनुभयको छ। प्युठान रुपन्देही सम्पर्क समितिले रुपन्देहीको मिलन पार्कमा आयोजना गरेको बनभोज कार्यक्रम तथा प्रशिक्षण कार्यक्रमलाई संबोधन गर्दै यस्तो बताउनुभएको हो। देशको राष्ट्रियता गणतन्त्र र धर्मनिरपक्षतापनी खतरमा रहेको भन्दै ,नेपालको सार्बभौमसत्ता माथि अमिरिकी साम्राज्यवाद र भारतीय साम्राज्यवादले प्रत्यक्ष हस्तक्षेप गरेकोले नेपाली जनताहरुले खबरदारी गर्नुपर्ने बताउनुभयो ,।राष्ट्रिय जनमोर्चाकी केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सांसद तारा थापाले नेपालमा संघीयता आवश्यक न भएको भन्दै राष्ट्रिय त जनताको पक्षमा लाग्ने पाटी राष्ट्रिय जनमोर्चा मात्र भएको दाबी गर्नुभयो।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेसका प्रतिनिधि बासुदेब पोख्रेलले राजनीतिक तथा तत्कालीन परिस्थितिको बारेमा प्रशिक्षण दिनुभएको थियो। राष्ट्रिय जनमोर्चा प्युठान रुपन्देही सम्पर्क समितिका अध्यक्ष कृस्न बहादुर जिसिको अध्यक्षतमा भएको कार्यक्रमको संचालन संकर पोख्रेल र स्वागत भासण केपि पोख्रेलले गर्नुभएको थियो।

कार्यक्रममा अखिल नेपाल बुद्धिजिबि संघका साचिबालय सदस्य दुर्गानाथ खरेल ,कम्युनिष्ट संघ्रालय नेपालका अध्यक्ष चेतनाथ आचार्य ,राजमो प्रदेश कार्यलय सचिब भिमलाल न्यौपाने ,राजमो जिल्ला सचीव टान बहादुर केसि,प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष स्यामलाल पोख्रेल छैटौंका केन्द्रीय सदस्य टेकराज भुसाल ,युबक संघ अध्यक्ष हरि योगि ,महिला संघकी लक्ष्मी कुंवर, अर्घाखाँची रुपन्देही सम्पर्क समितिका अध्यक्ष गोपाल बन्जाडे, शिव पौडेल ,वसन्त जिसि ,लोकनाथ भुसाल,अखिल नेपाल उधोग ब्यपार संघका अध्यक्ष ढुन्डिराज सर्मा रक्तिम सांस्कृतिक अभियान नेपालका केन्द्रिय अध्यक्ष गिरि प्रसाद बुढा राजमो केस रामकुमार क्षेत्री राजमो झिमरुक एकका नेता राम बहादुर जिसि लगायतको अथित्या रहेको थियो।

कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकार हरुले जनाबादी गित र निर्त्य प्रस्तुत गरेका थिए

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?