
बुटवल ।अखिल छैठौं लुम्बिनी प्रदेशको चुनाव केन्द्रीत बैठक आज बुटवल सम्पन्न भएको छ।बैठकले स्ववियु चुनावमा होमिने निर्णय गरेको छ । बैठकले केन्द्रको निर्णय अनुसार राजबादिबाहेक अन्य संगठनहरु संग तालमेल गर्ने नीति खुला गरेको संगठनका प्रदेश अध्यक्ष सरोमान सिंह ले जानकारि दिनुभएको ।
बैठकले प्रदेशको बुलेटिन “संवाहक” प्रकाशन गर्ने निर्णय समेत गरेको छ ।जसको ब्यवस्थापनको लागि सरोजमान सिंह संयोजक रहेको ३ सदस्य समिति गठन गरेको छ ।सदस्यहरुमा रिसव आचार्य र बिमल खरेल रहनुभएको छ ।
बैठकले अन्य प्रदेशमा जिम्मेवारी रहेको र संगठनमा लामो समयदेखि निष्कृय रहेको कारण उहाँहरुलाई स धन्यवाद बिदाई गर्ने निर्णय गरेको छ। जसमध्ये उपाध्यक्ष नवराज चन्द ,कोषाध्यक्ष नवीन के सि सदस्यहरु बिमला सापकोटा ,तृषना श्रिनेत ,लक्ष्मण बि क,रमेश पुन र बैकल्पिक सदस्य लिला कुवरलाई बिदाई गरेको छ ।रिक्त उपाध्यक्ष पदमा प्रदेश सदस्य रिसव आचार्य ,कोषाध्यक्षमा सागर बेल्बासे साथै सदस्यहरुमा सरिता पुन (दाङ),बिपिन धामि (बाके) ,सागर एमसि ( रुपन्देही ) लाई नियुक्ति गरिएको युनियनका प्रदेश अध्यक्ष सरोजमान सिंह ले जानकारी दिनु भएको छ ।
बैठकलाई युनियनका महासचिव तथा प्रदेश इन्चार्ज सुवास जि सि ले स्ववियु चुनाव र समसामयिक राजनीतिक अवस्था बारे प्रशिक्षणात्म मन्तब्य समेत दिनुभएको थियो ।