
पर्ज्वोल पहाडी
प्यूठान ।अखिल नेपाल यूवक संघ प्यूठानले महंगी र भ्रष्टाचारका विरुद्ध विरोध प्रर्दशन गरेको छ । शुक्रवार सदरमुकाम खलंगामा विरोध प्रर्दशन गरेको हो । जिल्ला प्रशासन कार्यालय अगाडी गरिएको विरोध सभामा बोल्दै युवक संघका केन्द्रीय अध्यक्ष कृष्णराज पाण्डेले ठूला दलकै कारण देशमा महंगी र भ्रष्टाचार बढ्दै गएको बताए । ठूला राजनैतिक पार्टीलाई देश र जनताको चिन्ता भन्दा सत्ताा स्वार्थमै तल्लीन रहेको उनको भनाई थियो ।
“दैनिक उपभोग्य सामान उपभोग गर्नका लागि सर्वसाधारणलाई धौधौ परेकोछ” अध्यक्ष पाण्डेले भने, ठुला राजनैतिक पार्टी र नेता जनता समस्स्याको “समाधान त के समस्या सुन्न समेत तयार छैनन ।” ठूला दलका नेताहरु पछिल्लो समय चुनावमा खर्च भएको पैसा कसरी उठ्छ भन्ने ध्यानमा मात्रै केन्द्रित हुदा भ्रष्टाचार बढ्दै गएको उनको टीप्पणी थियो । जनताको जनजिविकालाई सहज गराउन र देशको परिवर्तनकारि भूमिकामा समेत तयार रहन उनको युवाहरुलाई आग्रह थियो ।
राजनैतिक रुपमा अहिले पनि देशमा प्रतिगमनको खतरा रहेको र केपी ओलीले त्यसको अगुवाई गरेको उनको आरोप थियो । बर्तमान सरकार गठन प्रक्रिया अस्वभावीक रहेको औल्याउदै उनले सरकार गठन र संचालन प्रक्रियामा समेत साम्राज्यवादी राष्ट्रहरुको चलखेल बढ्दै आएकोले यस प्रति थप सजग र संघर्ष चर्काउनुको विकल्प नभएको उनले बताए ।
कार्यक्रमा अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रिय महासचिव अम्मरध्वज रानाले युवाशक्तिहरु परिवर्तनको मुख्य धार भएकाले राष्ट्रियताको रक्षाका लागि योगदान गर्न आग्रह गरे । मंहगी वृद्धिको मुख्य कारण संघियता समेत भएका कारण यसका विरुद्ध गोलवन्द हुन उनको आग्रह थियो । कार्यक्रमको संचालन अखिल नेपाल युवक संघ प्यूठानका अध्यक्ष कमल पौडेलले गरेका थिए ।