
बागलुङ
संघीयता खारेज गरौं राष्ट्रियताको रक्षा गरौं भन्ने मुल नाराका साथ राष्ट्रिय जनमोर्चा बागलुङ नगरपालिकाले दोर्सो बागलुङ नगर सम्मेलन भब्यताका साथ सफल पारेको छ ।
बागलुङ नगरपालिका को नारायणस्थानमा सम्पन्न भएको छ।उक्त कार्यक्रम को प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा का बागलुङ जिल्ल अध्यक्ष तथा जिल्ला समन्वय समिति अध्यक्ष अम्मर थापा रहनु भएको थियो ।
उक्त कार्यक्रममा बिशिस्ट अतिथिमा राष्ट्रिय जनमोर्चा बागलुङ का उपाध्यक्ष तथा राष्ट्रिय भुमि आयोग का अध्यक्ष धर्म कुवर हुनुहुन्थ्यो ।राज्यको लागि विभिन्न कालखण्डमा आफ्नो ज्यान कोआहुती दिने ज्ञात अज्ञात सहिद हरुको सम्झनामा मौन धारण गरि अगाडि बडेको कार्यक्रम को उद्घाटन राष्ट्रिय जनमोर्चा बागलुङ का अध्यक्ष अमर थापाले मैनबत्ती बालेर गर्नुभएको थियो ।राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य योगेन्द्र पौडेल को शुभकामना मन्तव्यका साथै अखिल नेपाल् जनजाती सम्मेलनका तुलबिर श्रीश, बुधिजिबी संघ का काजिगाउले श्रेष्ठ र अखिल नेपाल महिला संघ जिल्ला कोषअध्यक्ष आशा केसीको स्वागत मन्तव्य रहेको उक्त सम्मेलन ले थानेश्वर सुबेदिको अध्यक्षतामा सत्र सदस्य नगर कमिटी गठन गरेको छ । कमिटी को उपाध्यक्ष मा राम बहादुर खडका सचीव मा बिस्नु अधिकारी सहसचिव शोभाखर शर्मा र कोषअध्यक्ष मुमा शर्मा रहनु भएको छ, सदस्य मा:खेम बहादुर थापा,इन्द्र बहादुर थापा ,चुरा बहादुर सुनार ,चन्द्रा सुनार ,प्रकाश पौडेल ,तुलबिर श्रीस ,लक्ष्मी दत्त आचार्य ,राम बहादुर रोका भिम बहादुर मल्ल ,पबिन्द्रा मल्ल,रिता खत्री कार्की र टेक बहादुर केसि रहनुभएको कार्यक्रम को अध्यक्ष ता थानेश्वर सुबेदिले गर्नु भएको थियो भने उक्त कार्यक्रम को संचालन टेक बहादुर केसिले गर्नुभएको थियो।











