शुक्रबार, भदौ २७, २०८२

युवाहरुकै नेतृत्वमा प्यूठानमा कम्यूनिष्ट आन्दोलन अघि बढेको हो : मोहन विक्रम सिंह

पर्ज्वोल पहाडी
प्यूठान । नेपालको कम्यूनिष्ट आन्दोलनलाई अगाडी बढाउन युवकहरुको भूमिका महत्वपूर्ण रहने बताएका छन् । २०१० सालमा जिल्लामा कम्यूनिष्ट पार्टीको गठन र त्यसको नेतृत्व युवकहरुले नै गरेको स्मरण गर्दै उनले देशको विभिन्न परिवर्तनकारी अवस्थामा युवाहरुको अग्रणी भूमिका रहदै आएको औल्याए ।
शुक्रवार अखिल नेपाल युवक संघ प्यूठानले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै महामन्त्री सिंहले विभिन्न उतारचढाव, संघर्ष र फूट आदि कुरावाट कम्यूनिष्ट आन्दोलन अगाडी बढ्दै आएको बताए । “यि सवै इतिहास हेर्दा युवाहरुको भूमिका अग्रणी र महत्वपूर्ण रहदै आएको छ” उनले भने । “सारा संसार संचालन प्रक्रियामा युवाहरुको उर्जा र शक्तिले निचोड गर्ने हो” महामन्त्री सिंहले भने, “युवाहरुले कुन प्रकारको भूमिका खेल्ने भन्ने कुरा उनिहरुको दृष्टिकोण र जीवन प्रतिको उद्येश्यले निर्धारण गर्ने हो ।”
देशमा साम्राज्यवादी शक्तिको चलखेल बढ्दै गएकोले त्यसका विरुद्ध युवाशक्तिहरु एकाकार भएर संघर्ष गर्नु पर्ने आवश्यकता बढेको उनले बताए । यस्तै कार्यक्रममा राष्ट्रिय जनमोर्चा लुम्बीनी प्रदेश सल्लाहाकार सुरेश थापाले देशका हरेक परिवर्तनमा युवाहरुको योगदान रहे पनि राज्यले युवाहरुलाई नै बढी उत्पीडनमा राख्दै आएको बताए । युवाहरुलाई राज्यले बेरोजगार बनाएर वैदेशिक यात्रा तयगर्न बाध्य पारेको उनको भनाई थियो । राज्य, सरकार र समाजका क्रियाकलापवाट युवाहरु पिडित भए पनि यो व्यवस्थाको परिवर्तनको जिम्मेवारी युवाहरुकै काँधमा रहेकोले सचेत तरिकावाट आन्दोलन उठाउन उनको आग्रह थियो । कार्यक्रमा युवक संघका अध्यक्ष कृष्णराज पाण्डे, जनजाति सम्मेलनका महासचिव अम्मरध्वज राना लगाएतले सम्बोधन गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?