आइतवार, माघ ५, २०८२

राष्ट्रिय जनमोर्चा जैमुनी नगरपालिकाको सम्मेलन सम्पन्न :अध्यक्षमा दिल बहादुर श्रीष

झिमरुक पोस्ट संवाददाता बागलुङ

“संघीयता खारेज गरौं राष्ट्रियताको रक्षा गरौं” भन्ने मुल नाराका साथ राष्ट्रिय जनमोर्चा जैमिनी नगरपालिकाले दोस्रो नगर सम्मेलन जैमिनी नगरपालिका को पैंयुथन्थाप वडामा भब्यताका साथ सम्पन्न साथै सफल भएको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य दिल बहादुर दर्जीको आतिथ्य दिल बहादुर श्रीस को अध्यक्षता ठाकुर प्रसाद शर्माको संचालमा बिशिस्ट अथिती राजमो जिल्ला अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख अम्मर थापाको रहेको थियो।

जनजाति सम्मेलन का पुर्व सल्लाहकार नर बहादुर पुन, किसान संघका जिल्ला सचीव बिरेन्द्र थापा,अखिल नेपाल युवक संघ का केन्द्रिय सदस्य भगिन्द्र कुमार थापा अखिल नेपाल महिला संघका जिल्ला उपाध्यक्ष सान्ता कला शर्मा ,समता समाज का जिल्ला सदस्य बिश्नु कलि दर्जी,नेकपा मसाल का पुर्व बाग्लुङ जिल्ला प्रवक्ता बामपंथी नेता भरत पौडेल,बामपंथी नेता पुर्व राजमो केन्द्रिय सदस्य कृष्ण थापा, अखिल नेपाल युवक संघका जिल्ला सदस्य श्री प्रसाद थापा रक्तिमका केन्द्रीय सदस्य थुमराज ढुंगानाको उपस्थिति रहेको थियो।

राज्यको लागि विभिन्न कालखण्डमा आफ्नो ज्यानको आहुती दिने ज्ञात अज्ञात सहिद हरुको सम्झनामा मौन धारण गरि अगाडि बडेको कार्यक्रमको उद्घाटन राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य दिल बहादुर दर्जीले मैनबत्ती बालेर उक्त कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।अखिल नेपाल महिला संघका जिल्ला उपाध्यक्ष सान्ता कलाको शुभकामना मन्तव्यका साथै शुभकामनाकै क्रममा अखिल नेपाल युवक संघका केन्द्रिय सदस्य भगिन्द्र कुमार थापा, बामपंथी नेता पुर्व जिल्ला प्रवत्ता भरत पौडेल ,जनजाति सम्मेलनका पुर्व सल्लाहकार नर बहादुर पुन ,राजमो जिल्ला अध्यक्ष साथै बाग्लुङ जिल्ला समन्वय प्रमुख अम्मर बहादुर थापा लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

सम्मेलन ले नया कार्य समिती गठन गरि उक्त कार्यक्रम भव्यताका साथ सप्पन्न गरेको छ।दिल बहादुर श्रीसको अध्यक्षतामा १७ पुर्ण सदस्य पारित गर्दै ,५ बैकल्पिक सदस्य,र ५ सल्लाहकार सदस्य गरि राष्ट्रिय जनमोर्चा जैमिनी नगरपालिकाको २७ सदस्य जुझारु नॅया समिती गठन गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?