
झिमरुकपोस्ट संवाददाता
प्यूठान फाल्गुन १८ गते ,
अखिल नेपाल महिला संघ केन्द्रीय समितिकाे निर्णय अनुसार ११३औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस फाल्गुन १८ देखि २४ गते सम्म मनाउने कार्यक्रम सहित आज झिमरूक ८ मा महिला वडा भेला सम्पन्न भएको छ। अखिल नेपाल महिला संघ झिमरूक पालीका समिति कि अध्यक्षा बसन्ता जिसीकाे अध्यक्षतामा सम्पन्न भेलामा संघ कि केन्द्रीय सचिव तारा जिसीले संगठन र श्रमिक महिला दिवसको बारे प्रशिक्षण दिनु भएको थियोे । विकट भूगोल रहेको वडा ८ मा प्रतिनिधि मूलक उपस्थिति रहेको भेलामा पालिका समिति कि कविता जिसीकाे र राजमाे नेता बिष्णु बस्नेतको पनि उपस्थिति रहेकाे थियोे ।
भेलाले कार्यपालिका सदस्य संगिता परियारकाे अध्यक्षतामा ९ सदस्यीय वडा समिति गठन गरेको छ।समितिकाे सचिवमा मन्जु पाेख्रेल काेषाध्यक्ष मा गंगा बस्नेत र सदस्यहरूमा श्यामकला सुनार,दानी महतारा,पुतला बस्नेत,पार्वता बस्नेत,ज्ञानुमाया बस्नेत र शुशिला थापा रहनु भएको छ।सप्ताह ब्यापी श्रमिक महिला दिवसकाे कार्यक्रम अन्तर्गत झिमरूक का अन्य सबै वडा समिति हरूले अखिल नेपाल महिला संघकाे झण्डा मुनि व्यापक तैयारी सहित मनाउने याेजना रहेको छ।