
प्युठान १९, फल्गुण ।
जुमान सिंह के सी।
नेकपा एमालेका पोलिट्ब्युरो सदस्य डा. राजन भट्टराईले एमालेलाई चौतर्फी घेरा बन्दिमा परिएको आरोप लगाउनु भएको छ।
उहाँले देश चरम अर्थिक संकटमा पर्दै गरेको बताउनु भएको छ काङ्ग्रेस माओवादी जस्ता पार्टीहरु देश जनता भन्दा सत्ता स्वार्थ र हाम्रो पार्टी विरुद्ध लाग्ने गरेको बताउनु भएको छ।
शुक्रबार प्रेस चौतरी प्युठानले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भट्टराईले राजनीतिक दलहरु जसरी पनि सत्तामा जाने खेलका कारण देश झन अन्योलमा परेको उल्लेख गर्नु भएको थियो।
नेकपा एमालेले ग्रासरुट अभियानको अनुगमनका कर्मामा प्युठान आएका भट्टराईले पार्टीको नियमित कामको समिक्षा, नयाँ सदस्यता प्रदान, युबाहरुलाई समाबेश, कतिपय पार्टी भित्रका बिवाद हरुको निराकरण गर्ने उदेश्यका साथ अभियान संचालन गरिएको बताउनु भयो।
पार्टीका केन्द्रिय नेतृत्व सहित सबै जिल्ला तथा पालिकाहरुमा अभियान गरिएको छ अब
वाड तहमा समेत पुग्ने अभियान रहेकोबताउनु भयो।
पार्टीलाई चुस्त दुरुस्त रख्न र संगठनलाई बलियो बनाउने र आगामी चुनावमा ५१% ल्याउने गरि काम भएको डा. राजन भट्टराईले बताउनु भयो।
अहिले सत्तामा मिलि जुलि खाने काम भएको छ। देश जनताको पक्षमा अन्य पार्टीहरु नभएको आरोप लगाउनु भएको थियो।
उहाँले हामी प्रतिपक्षी भएर रचनात्मक कामको समर्थन गर्छौ, गलतकामको विरुद्ध एमाले अगाडि बड्ने उल्लेख गर्नु भएको थियो।
पत्रकारको जिज्ञासामा बोल्दै डा. राजन भट्टराईले
यो ब्यबस्था लडेर लियको हो गणतन्त्र जोगाउनेमा हामी प्रतिबद्धता छौं तर नेपालका पार्टीहरुमा ईमानदार, नैतिकवान नदेखिए प्रतिक्रियावादीहरु हाबी हुँदै जाने बताउनु भयो। राजाबादिहरु संग मिलेर चुनाबमा किन गएको भन्ने प्रसङ्गमा “उहाले सबै भनाइ मानेको होइन कतिपय बिषयमा अहिले काहीं सहकार्य गर्न सकिन्छ त्यसै अनुसार हामीले सहकार्य गरेका हौं”।
पत्रकार भेटघाट कार्यक्रममा केन्द्रिय तथा प्रदेश तहका नेताहरुको उपस्थिति रहेको थियो।
प्युठानको जुम्रीमा भएको पत्रकार भेटघाट कार्यक्रमको अध्यक्षता प्रेस चौतारी प्युठानका अध्यक्ष बासुदेब गिरीले गर्नु भएको थियो भने संचालन बिजयसिंह भारतीले गर्नु भएको थियो।