
झिमरुकपोस्ट संवाददाता
प्यूठान फाल्गुन २० गते
११३ओं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकाे सप्ताहव्यापी कार्यक्रम अन्तर्गत झिमरूक ७काे नारी दिवसलाइ सम्वाेधन गर्दै अखिल नेपाल महिला संघ केन्द्रीय सचिव तारा जिसीले
आदिम समाज मातृसत्तात्मक थियोे,सबै स्थानमा महिलाको नै नेतृत्व थियोे । व्यक्तिगत सम्पत्तिकाे युगको सुरूवात संगै महिलाहरूकाे हातमा भएको सत्ता पुरूषकाे हातमा मात्र गएन महिलाहरू पुरूषकाे भाेक विलासकाे साधन र बच्चा जन्माउने मेशिनमा परिणत भए । महिलाहरूलाई याेअवस्था सम्म ल्याउन धर्मले पनि महत्त्वपूर्ण भूमिका खेल्याे।संसारमा अलगअलग धर्मका फरकफरक चाल चलन र रितिरिवाज भए पनि महिलाहरूलाइ अधिकार बाट कुण्ठित गर्ने प्रश्नमा एकै ठाउँमा भएको बताउनुभयो । स्थानीय निकायहरूमा आयाेजना गरिने नारी दिवसले यसकाे वास्तविकता र मर्मलाई समेट्न नसक्ने बताउदै लामाे संघर्षबाट प्राप्त अधिकार तथा यसकाे पृष्ठभूमिलाई जाेगाउन नारी दिवसकाे तह सम्म पुग्नुपर्ने महसुस गर्दै अखिल नेपाल महिला संघ केन्द्रीय समितिले देशैभरि सप्ताहव्यापी नारी दिवसको आयाेजना गरेको स्पष्ट पार्नुभयाे।कार्यक्रम कि प्रमुख अतिथि समेत रहेकी जिसीले महिलाहरूका धेरै अधिकार वर्तमान संविधानमा लिपिबद्द भएको भएपनि कार्यन्वयन पक्ष कमजाेर र फितलाे रहेको भन्दै सविधानमा जेजति अधिकार उल्लेख भएकाछन् अत्यधिक त कागज मै सिमितछन्।सिमित रूपमा भए पनि लिपिबद्द भएका महिला अधिकार प्राप्त गर्न स्पयंम सचेत र संगठित हुनुपर्ने आवश्यकतामा जाेड दिनुभयो ।
कार्यक्रममा युवक संघ वडा काेषाध्यक्ष मिना पाेख्रेल,निर्मला सुनार,मिना परियार,कमला विक ,अने शिक्षक संघ झिमरूक पालिका सदस्य गाेर बहादुर विक,राजमाे नेता खेम बहादुर बस्नेतले पनि बिचार राख्नु भएको थियोे । कार्यक्रममा राजमाे केन्द्रीय सदस्य नारायण जिसी,जिल्ला सल्लाहकार लाेक बहादुर महतरा,समता जिल्ला सदस्य कृष्णबहादुर सुनार,अनेयुसंघ जिल्ला सदस्य वसन्त केसी,राजमाे पालिका काेषाध्यक्ष किरण सिह जिसी,राजमाे वडा सचिव भाेजु गिरी र जेष्ठ महिला दाेवन्ता महतराकाे पनि आतिथ्यता रहेको थियोे ।
समिति कि अध्यक्ष बसन्ता विक काे अध्यक्षता र सचिव पार्वता सुनारकाे संचालनमा अघि बढेकाे ११३ ओं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा स्वागत रमा गिरीले गर्नुभएको थियो ।