शुक्रबार, भदौ २७, २०८२

श्रमिक महिला दिवसकाे साथै वडा भेला सम्पन्न

झिमरुकपोस्ट संवाददाता
प्यूठान फाल्गुन २२ गते ।
११३ ओं श्रमिक महिला दिवसकाे सप्ताहिक कार्यक्रम अन्तर्गत झिमरूक ६ मा कार्यक्रम सम्पन्न भएको छ।सावित्रा भट्टराईको अध्यक्षता यूवा ढकालकाे संचालनमा अघि बढेको कार्यक्रममा समिति कि सचिव दिलमाया पाेख्रेल ले स्वागत गर्नु भएको थियाे। अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकाे बारेमा विचार राख्नेहरूमा प्रमुख अतिथि अखिल नेपाल महिला संघ केन्द्रीय सचिव तारा जिसी,पालिका सचिव तुल्सा केसी,पालिका काेषाध्यक्ष खिमा श्रेष्ठ र राजमाे जिल्ला सदस्य दिलिप कुमार विक हुनुहुन्थ्यो ।कार्यक्रममा निवर्तमान दलिद महिला सदस्य झुपीदेवि विकले पनि आसन ग्रहण गर्नुभएको थियाे।
महिला दिवसकाे अवसरमा  महिला वडा भेलापनि  सम्पन्न भएकाे छ।
भेला ले खिमा श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय वडा समिति निर्वाचित गरेको छ। समितिको उपाध्यक्षमा पवित्रा बिष्ट,सचिव दिलमाया पाेख्रेल,सह सचिव यूवा ढकाल,काेषाध्यक्ष शिवा पाेख्रेल सदस्यहरूमा डिलापुन,सरस्वती ढकाल,गिता सुनार,बसन्ता विष्ट,बसन्ता शर्मा,सुमित्रा केएम,यशाेदा भट्टराई,दुर्गा कवर,सावित्रा सुनार सल्लाहकारमा हस्ती पुन,गंगा सुनार र गंगा कक्षपति रहनु भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?