शुक्रबार, भदौ २७, २०८२

सप्ताह व्यापी नारी दिवस प्युठानमा उस्साहपूर्वक रूपमा समापन

झिमरुकपोस्ट संवाददाता
प्यूठान फाल्गुन २४ गते।

अखिल नेपाल महिला संघ केन्द्रीय समितिले ११३ओेेें अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाइ सप्ताह व्यापी कार्यक्रम सहित मनाउने निर्णय गरेको थियोे । याेजना अनुसार देशै भरि सभा,अन्तर्क्रिया,समिति गठन,पूर्णगठन लगायत विविध कार्यक्रम सहित मनाउने याेजनालाइ कार्यरूप दिदै जिल्लाकाे झिमरूक गाउपालिका महिला समितिले वडा नं८ बाट प्रारम्भ गरि आज वडा नं १ साैतामारे फेदीमा सप्ताहिक कार्यक्रमकाे समापन गरेको छ। पालिका सचिव तुलसा केसीकाे संचालनमा अगाडि बढेको श्रमिक महिला दिवसकाे अध्यक्षता वडा  समिति कि अध्यक्ष राधा जिसीले गर्नु भएको थियो ।कार्यक्रममा प्रमुख अतिथि संघ कि केन्द्रीय सचिव तारा जिसी अतिथिहरू राजमाे केस नारायण जिसी,अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिव वीर ब जिसीले श्रमिक महिला दिवसको सन्दर्भमा विचार राख्नुभएको थियो ।

कार्यक्रममा जेष्ठ महिला रनी थापा,जेष्ठ नागरिक राम बहादुर पुनकाे आतिथ्यता रहेको थियो ।व्यापक उपस्थित रहेको उक्त भेलाले राधा जिसीकाे अध्यक्षतामा २१ सदस्यीय वडा समिति समेत निर्वाचित गरेको छ,समितिको उपाध्यक्षमा कल्पना घ.म.,सचिव आकृति पाेख्रेल,सह-सचिव मनिषा जिसी,काेषाध्यक्ष रनी थापा र सदस्यहरूमा फुलमाया पुन,हिरा केसी,विमला पाेख्रेल,सीता जिसी,सिवा घम,अनिता घम,मन्जु सुनार,पुष्पा ,सीता थापा,कमला पाेख्रेल,सीता पुन,शान्ता पाेख्रेल र गिता अर्याल रहनु भएको छ।साथै भेला ले दाद्रा- वालुवा टाेल पुना पाेख्रेलकाे अध्यक्षतामा गठन गरेको छ समितिकाे सचिव मा सीता पुन मगर,काेषाध्यक्ष धनी पुनमगर सदहरूमा शुशिला थापा,गंगा पाेख्रेल,सरस्वता र सावित्रा पाेख्रेल रहनु भएको छ। त्यस्तै आकृति पाेख्रेल अध्यक्ष रहेको वडाचाैर टाेल समिति गठन गरेकाे छ।सचिव मा बसन्ता पाेख्रेल ख,काेषाध्यक्ष पार्वता पाेख्रेल सदस्यहरूमा बसन्ता पाेख्रेल क,पुना पाेख्रेल,बसन्ता खड्का,कृष्णा पाेख्रेल र भिमा पाेख्रेल रहनु भएको छ।
सप्ताह व्यापी कार्यक्रम अन्तर्गत झिमरूक ५ मच्छी बजारमा पनि महिला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।राजमाे नेता बासुदेव पाेख्रेल,वीर बहादुर जिसीले समसामयिक राजनीति र श्रमिक महिला दिवसको बारेमा प्रशिक्षण दिनु भएको थियो ।कार्यक्रममा पवित्रा जिसीकाे पनि आतिथ्यता रहेको थियोे । श्रमिक महिला दिवसकाे सप्ताह व्यापी कार्यक्रम अनुसार झिमरूक ४ मा पनि महिला दिवस र वडा भेला सम्पन्न भएको छ। राजमाे नेता बासुदेव पाेख्रेल र किसान महासंघका सचिव वीर बहादुर जिसीले प्रशिक्षण दिनु भएको कार्यक्रममा वडाध्यक्ष सिताराम पाेख्रेलकाे पनि आतिथ्यता रहेको थियोे ।कार्यक्रमकाे संचालन पालिका सचिव तुलसा केसीले गर्नुभएको थियो ।भेलाले महिला वडा समिति निर्वाचित गरेको छ, समितिको अध्यक्षमा उजेला राना,उपाध्यक्ष गाेमा विक,सचिव अनितन सुनार,सहसचिव सरस्वता राना,काेषाध्यक्ष पवित्रा केसी सदस्यहरूमा विष्णा परियार,शान्ता जिसी,चन्द्रकला जिसी,सिर्जना जिसी,सुमित्रा पुन,जुना पाेख्रेल,भूमा जिसी,खलिमाया परियार,टीका राेका,कमला राना,लालु थापा,खुमा केसी,सरवता राना,खुमा पुन,सीता जिसी सल्लाहकारमा तुल्सा केसी,सीता विक,कमला जिसी,विमलादेवि केसी र देवा जिसी रहनु भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?