
जुमान सिंह के सी
फाल्गुन ३०, प्युठान।
जिल्ला समन्वय समिति प्युठानको पाचौं जिल्ला सभा मंगलवार खलंगामा सम्पन्न भएको छ।
जिल्ला सभाका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य सुर्य बहादुर थापाले शासकीय स्वरुप खर्चिलो रूपमा अपानएइको बताउनु भएको छ। जिल्ला समन्वय समितीलाई समन्वयकारी भुमिका खेल्नका लागि कसैले नरोक्ने भन्दै नीति कानुन ए जति छ्न त्यसैलाई टेकेर काम गर्न अनुरोध गर्नु भएको छ ।
उहाँले समन्वयकारी भुमिका खेल्न र अनुगमनका लागि कानुन निति आवस्यक नरहेको वताउनु भएको छ।देशले आर्थिक धान्न नसकिरहेको अवस्थामा बिकास गर्न अप्ठ्यारो परिरहेको र देश आर्थिक संकटमा पर्दै गएको भन्दै देशमा राजस्व परिचालनमा समेत समस्या भएको बताउनु भयो।
साथै उहाँले देशमा राजनीति उथलपुथल भैरहेको कारण अस्थिरता बढ्दै गएको छ”। आर्थिक संकटलाई सुधार नगरे सम्म बिकास हुन नसक्ने उहाँको कथन थियो।
लुम्बिनी प्रदेशका मा.मन्त्री तुल्सिराम शर्माले सबै मिलेर जिल्लाको बिकासमा ध्यान दिन सबैमा आग्रह गर्नु भएको थियोे। समन्वय समितीलाई स्थानीय तह लगाएत सबै संग हातेमालो गरेर अगाडि बड्न आग्रह गर्नु भएको थियो।
जिल्ला समन्वय समिती प्युठानका नि. वर्तमान प्रमुख केशवराज आचार्यले जिल्ला समन्वय समितिको काम र अधिकारको लागि स्पस्ट नीति ऐन आउन पर्नेमा आउन नसकेको गुनसो गर्नु भएको थियोे।आवस्यक नीति नियम नभएको भन्दै जिल्लामा समन्वय सहकार्यमा केही बाधा पुग्ने गरेको उल्लेख गर्नु भएको थियो।
सभामा बोल्ने वक्ताहरुले जिल्ला सभाले जिल्लाका महत्त्वपूर्ण सवालमा छलफल गर्ने र पास गर्नको लागि सुझाव दिएका थिए।
कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका प्रमुख उपप्रमुख, जिल्ला स्थित विभिन्न कार्यालयका प्रतिनिधि, संघसस्था तथा पत्रकार लगाएतको सहभागिता रहेको थियो।
जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जिसिले जिल्ला सभाको अध्यक्षता गर्नु भएको थियो। कार्यक्रमको स्वागत मन्तब्य उपप्रमुख दुर्गा रेग्मीले र संचालन नि. जिल्ला समन्वय अधिकारी महेश के सीले गर्नु भएको थियो।
जिल्ला सभाले विभिन्न निर्णयहरु गरेको छ। जिल्ला समिति प्युठानको नाममा रहेको प्युठान नगरपालिकाको जग्गा स्वास्थ्य कार्यालय प्युठानलाई हस्तान्तरण गर्ने,घरमा हुने सुत्केरीलाई जिरो गराई पूर्णतः सस्थागत रुपमा गराउन आवस्यक पहल गरी जिल्लालाई सस्थागत घोषणा गर्नका लागी आवस्यक निति बनाएर अगाडि बढ्ने निर्णय,प्रदेश तथा संघबाट संचालित योजनाहरुलाई जिल्ला समन्वय समितिको नेतृत्वमा सबैको सहकार्यमा प्रभावकारी अनुगम्न गर्ने लगाएतका निर्णय गरी जिल्ला सभा सम्पन्न भएको जिल्ला समन्वय समितीका प्रमुख धरम बहादुर जि सीले बताउनु भएको छ।