बिहिबार, बैशाख १३, २०८१

झिमरुक गाउँपालिकाका उपाध्यक्ष पोख्रेलद्रारा प्रतिस जि.सी. लाई व्याक्तीगत सम्मान गर्ने

दीपेन्द्र सुनार प्युठान चैत ८ नेपाली राष्ट्रिय क्रीकेट टोलीका सदस्य प्रतिस जि.सी.लाई झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले व्याक्तीगत सम्मान गर्ने भएका छ्न।
प्युठानको झिमरुक गाउँपालिका वार्ड न ३ लामासेरामा जन्मिएका क्रीकेटर जि.सी. लाई उपाध्यक्ष पोख्रेलले व्याक्तीगत नगद पचास हजार रुपैयाँ सहित सम्मान गर्ने भएका हुन।
नेपाल एकदिवसीय विश्वकपको क्वालिफायरमा पुग्दा क्रीकेटर जि.सी.टोलीको सदस्य थिए।
आइसीसी विश्वकप क्रीकेट लिग -२ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रृङखलामा पिएनजी विरुद्ध डेवियु गरी उत्कृष्ट प्रदर्शन गरेर प्युठान जिल्ला र झिमरुक गाउँपालिकाको गौरव बढाएको भन्दै गाउँपालिकाले पनि यहीँ चैत ९ गते सम्मान गर्न लागेको सही कार्यक्रममा आफुले पनि क्रीकेटर जि.सी. लाई थप हौसला प्रदान गर्न व्याक्तीगत सम्मान गर्न लागेको उपाध्यक्ष पोख्रेलको भनाई रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?