शनिबार, साउन १२, २०८१

प्युठानमा स्ववियुमा निर्वाचित प्रतिनिधिलाई राष्ट्रिय जनमोर्चाको सम्मान

गत चैत्र ५ मा सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा प्युठानका पाँचवटा क्याम्पसमा अखिल (छैठौं)वाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई राष्ट्रिय जनमोर्चा प्युठानले सम्मान गरेको छ ।

बुधबार खलंगा पार्टी कार्यालयमा आयोजित वधाई तथा सम्मान कार्यक्रममा १३ जना प्रतिनिधि सम्मानित हुनुभएको हो । सम्मान हुनेहरुमा गौमुखी बहुमुखी क्याम्पस मच्छीका सभापति रजत जिसि र सदस्यहरु दिपक थापा र रविना विक, अमर क्याम्पस भिङ्ग्रीका कोषाध्यक्ष लक्ष्मण पुन र सदस्यहरु मनिषा वुढाथोकी र मनिसा घर्ती , प्युठान क्याम्पस खलंगाका कोषाध्यक्ष पवन खड्का र सदस्यहरु विन्दु नेपाली र सावित्रा नेपाली, स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोलाका सदस्यद्वय निता वुढाथोकी र दीक्षा जिसि, झिमरुक क्याम्पस बाग्दुलाका सहसचिव समीक्षा थापा र सदस्य रेखा गिरी  सम्मानित हुनुभएको छ ।

कार्यक्रमको प्रमुख अतिथी राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष एवम् मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण खड्का, राजमो लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापा, केन्द्रीय सदस्य नारायण जिसि, अखिल (छैठौं)का महासचिव सुवाश जिसि, अनेमसंघका केन्द्रीय उपाध्यक्ष पद्मा पण्डित, पुर्व सांसद तारा जिसि, मल्लरानी गापाका पुर्व उपाध्यक्ष सरिता जिसि, ऐरावती गाउँपालिकाका उपाध्यक्ष कृष्ण श्रेष्ठ, अनेयुसंघका जिल्ला अध्यक्ष कमल पौडेल, अखिल (छैठौं)का जिल्ला अध्यक्ष नवीन केसि, जिल्ला सचिव केशव बुढाथोकी, अनेकिमहासंघका केन्द्रीय सदस्य धुर्व थापा, राजमो जिल्ला सदस्य भरत केसि लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा महासचिव सुवाश जिसि, सल्लाहकार सुरेश थापा र प्रमुख अतिथी कृष्ण खड्काले वधाई तथा शुभकामना मन्तव्य दिनुभएको थियो ।

कार्यक्रमको अध्यक्षता राजमो प्युठानका सचिवालय सदस्य तथा पुर्व जिल्ला समन्वय समिती प्रमुख केसव आचार्य तथा संचालन अमरध्वज रानाले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal