
झिमरुक प्युठान
ओखरकोट चोयाचित्रा उद्योग स्थापना कार्यक्रम अन्तर्गत आज झिम्रुक गाऊँपालिका ५ ओखरकोट हिरापोखरीमा निर्माण हुन लागेको उधाेगको आफ्नै भवनको शिलान्यास तथा तालिम कार्यक्रमको समुदघाटन कार्यक्रमक सम्पन्न भएको छ।
झिम्रुक गाऊँपालिकाका अध्यक्ष पित बहादुर महतारा क्षेत्रीले भवनको शिलान्यास संगै डोको बुनेर तालिम कार्यक्रमको उदघाटन गर्नुभएको थियो।
उक्त कार्यक्रममा कार्यकारी अधिकृत सुभाष रिजाल, ५नं वडाध्यक्ष दधिराम पाेखरेल, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मोहन वि सी, योजना शाखा प्रमुख शुकदेव रिजाल, इन्जिनियर अशोक जी सी, वडा सदस्यहरू, टोल समितिका अध्यक्षहरु, शिक्षक, कर्मचारी, अग्रजहरू लगायत थुप्रै स्थानीयहरुको उपस्थिति रहेको थियो।
कार्यवाहक अध्यक्ष कर्ण बहादुर बि क को अध्यक्षता, राम बहादुर जी सी को सञ्चालन र राम बहादुर बि क ले चोयाचित्रा सामग्री ब्यबस्थापन गर्नुभएको थियो।
घरमै परम्परागत रूपमा गरिदै आएको चोयाचित्राको कामलाई थप तालिम प्रदान गरि आधुनिक तरिकाले सामुहिक रुपमा समुदाय स्तरबाट सञ्चालन गर्नेगरि यो योजना अगाडि बढाइएको छ।
पहिलो चरणमा कम्तिमा १५ देखि २५ जना व्यक्तिलाई रोजगारी दिने लक्ष्य राखिएको छ।बाझो जमिनलाई उचित सदुपयोग गर्दै बाँसको ब्यबसायिक खेती गर्न प्रोत्साहित गर्नुका साथै भूक्षय हुनबाट रोक्न यो योजना अति प्रभावकारी हुने ठानिएको छ। स्थानीय युबाहरुलाइ आफ्नो गाउँ ठाउमै सीप युक्त र आत्मनिर्भर बनाउदै ब्यक्तिगत एवं पारिवारिक जीवन सबल बनाउदै लुम्बिनी प्रदेशकै नमुना उधाेगको रुपमा विकास गर्दै सयौं नागरिकलाई सीप युक्त र आत्मनिर्भर बनाउने लक्ष्य सहित सुरु भएको यो उधाेग सफल बनाउन सिङ्गो गाउपालिका सरकार र स्थानीय समुदायको पूर्ण साथ रहेको युवा व्यबसायी तथा चोयाचित्रो उधोगका अध्यक्ष प्रदिप जिसिले झिमरुकपोस्टलाइ बताउनुभयो।
साथै अबको केही दिनभित्र उत्पादनहरु बजारमा उपलब्ध हुने उहाँले जानकारी गराउनुभएको छ।