शुक्रबार, चैत्र १६, २०८०

अपाङ्गता भएका ब्यक्तिले यातायातमा छुट नपाएको भन्दै: प्रजिअलाई ध्यानाकर्षण पत्र

प्युठान, चैत्र ९

र्राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानले आज जिल्ला प्रशासन कार्यालय खलंगाका प्रमुख जिल्ला अधिकारी समक्ष ध्यानाकर्षण पत्र बुझाएको छ।

अपाङ्गता भएका ब्यक्तिले सार्वजनिक यातायातमा भाडा छुट नपाएको गुनासो आएको भन्दै संघले प्रमुख जिल्ला अधिकारी बेद प्रसाद अर्याल समक्ष ध्यानाकर्षण पत्र पेश गरेको राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशका सचिवालय सदस्य जुमान सिंह के सीले बताउनु भएको छ।
” उहाँले पटकपटक यातायात व्यावसायि र सम्बन्धित निकायमाछुट तथा सहुलियत सम्बन्धि छलफल तथा निर्णय गरेको भएता पनि ब्यबहारिक कार्यनयन हुन नसक्दा समस्या भएको बताउनु भएको छ”।

र्राष्ट्रिय अपाङ्ग सेवा संघको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले प्रमुख जिल्ला अधिकारीलाई कानुन अनुसार अपाङ्गता भएका ब्यक्तिलाई दिनुपर्ने सिट आरक्षण र भाडामा छुट तत्काल कार्यनयन गर्न अनुरोध गरिएको संघका अध्यक्ष हुनाराम खड्काले बताउनु भएको छ।

प्रमुख जिल्ला अधिकारी बेद प्रसाद अर्यालले अपाङ्गता भएका ब्यक्तिको लागि राज्यले प्रदान गरेको सुबिधा पाउनु अपाङ्गता भएका ब्यक्तिको अधिकार भएकोले यातायात ब्याबासायि संग छलफल गरि कार्यनयन गर्न पहल गर्ने बताउनु भएको थियो।
मल्लरानी गाउँपालिकाको सि. बि. आर.कार्यक्रमको सहयोगमा समन्वयात्मक बैठक गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal