
झिमरुक प्युठान ,
आज क्रीकेट खेलाडी प्रतिस जिसिको सम्मानमा झिमरुकमा धेरै कार्यक्रमहरु सम्पन्न भएका छन् । उहाँलाई आज चैत्र ९ गते सम्मान गर्ने संस्था तथा व्यक्तिहरु निम्न बमोजिम रहेका छन् ।
१- वशिष्ठ गोत्रीय परस घर्ती क्षेत्री (जिसि) समाजद्वारा नगद रु २५ हजार सहित सम्मान पत्र ।
२- गौमुखी सेकेन्डरी इङ्गलिस स्कुल मच्छीद्वारा , नगद, सम्मानपत्र र दोसल्ला ओडाई सम्मान ।
३- खड्ग निशान ग्रामीण विकास केन्द्रद्वारा सम्मानपत्र ।
४- झिमरुक गाउँपालिकाद्वारा नगद रु १ लाख सहित सम्मान पत्र ।
५- प्रमोद पोख्रेलद्वारा नगद रु ५० हजार सहित सम्मान ।
६- पोख्रेल फाउन्डेसनद्वारा नगद रु ५० हजार सहित सम्मान ।
७- ३. नम्बर वडा कार्यालय झिमरुकद्वारा सम्मानपत्र र कलस चिनोले सम्मान ।
८. जिसि बन्धु गोठ पुजा समितिद्वारा खादा,माला सहित सम्मान गरिएको अखिल छैठौंका महासचिव सुबास जिसिले झिमरुकपोस्टलाइ बताउनुभयो,साथै
भोलि चैत्र १० गते थप कार्यक्रमहरु सम्पन्न हुनपनि उहाँले जानाकारी गराउनुभएको छ।