संघीयता विरुद्ध राष्ट्रिय जनमोर्चाले गर्यो प्युठानमा पर्दसन
झिमरुक पोस्ट
सोमवार, चैत्र १३, २०७९
शिव पन्थी, खलङ्गा ।
राष्ट्रिय जनमोर्चा प्युठानले सङ्घीयता खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको छ । सोमबार सङ्घीयता खारेजीको माग गर्दै जुलुससहित विरोधसभा सम्पन्न भएको हो ।
विरोधसभामा प्रमुख अथिति राजमो केन्द्रीय सदस्य कृष्ण खड्का हुनुहुन्थ्यो भने अन्य अतिथिहरूमा राजमो लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्री, राजमो नेताहरू पद्मा पण्डित, नारायण जिसी, अखिल नेपाल जनजाति सम्मेलनका महासचिव अम्मर ध्वज राणा, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य सरिता जिसी र नेकपा (मसाल) प्युठानका प्रवक्ता ज्ञामुराम न्यौपानेले सम्बोधन गर्नुभएको थियो ।
राजमो जिल्ला उपाध्यक्ष इमानसिंह खड्काको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रमको सञ्चालन विदुर मल्लले गर्नुभएको थियो भने स्वागत धु्रव थापाले गर्नुभएको थियो ।