शुक्रबार, भदौ २७, २०८२

प्रगतिशील पत्रकार संघ नेपाल दाङको अध्यक्षमा रिजाल

दिनेश रैदास
२०७९ चैत्र १६ बिहीबार

प्रगतिशिल पत्रकार संघ नेपाल जिल्ला शाखा दाङको आज सम्पन्न दोस्रो भेलाले महेश रिजाललाई पुनः अध्यक्षमा चयन गरेको छ।

त्यसैगरी भेलाले उपाध्यक्षमा शरद शर्मा , सचिवमा कुलदीप न्याैपाने , सह सचिवमा मनोज कुमार आचार्य, कोषाध्यक्षमा देनेश रैदास, सदस्यहरुमा भीम पाैडेल , अशोक खनाल, घनश्याम ओली, गोमा कवर र एक स्थान पछि चयन गर्ने गरी रिक्त राखिएको छ ।

भेलाले इश्वरी भण्डारी र कृष्ण प्रसाद आचार्यलाई सल्लाहकारमा चयन गरिएको छ। जिल्ला अध्यक्ष महेश रिजालको सभापतित्वामा सम्पन्न भेलामा सहिद प्रति एक मिनेट मौनधारण गरिएको थियो। भेलालाई अखिल नेपाल युवक संघका पुर्व केन्द्रिय अध्यक्ष काशीनाथ पोख्रेल, प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रीय सदस्य तथा सामुदायीक रेडियोहरुको संगठन (अकुराप) का केन्द्रीय सदस्य शुक्रराज भण्डारी र प्रगतिशील पत्रकार संघ नेपालका पूर्व केन्द्रिय सचिवालय सदस्य एवं वरिष्ट पत्रकार ईश्वरी भण्डारी, राजमो दाङका अध्यक्ष गणेश आचार्य, घोराही उपमहनगरपालिका कमिटीका सचिव मणिराम खनाल लगायतले शुभकामाना मन्तव्य दिनुभएको थियो।

भेलाले यही २०७९ चैत्र २४ र २५ गते वुटवलमा हुँने प्रथम राष्ट्रिय सम्मेलनमा जाने प्रतिनिधिहरुको चयन गर्नुका साथै उद्घाटन समारोहमा दाङबाट सहभागीहरुका लागि आवतजावत र राष्ट्रिय सम्मेलनका लागि दाङलाई परेको जिम्मेवारीका लागि आर्थिक सहयोग अभियान सञ्चालन गर्ने समेत निर्णय गरेकाे छ। उद्घाटनसत्रको सञ्चालन देनेश रैदासले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?