शुक्रबार, भदौ २७, २०८२

नाैवहिनी दुई र तीनमा राजमाेकाे वडा भेला सम्पन्न

प्यूठान चैत्र  १९ गते।
राजमाे प्यूठानको वडा भेला/सम्मेलन अभियान अन्तर्गत नाैवहिनी वडा नं ३ काे वडा भेला राजमाे पालिका सदस्य तथा वडा २ र ३ संयुक्त वडा समितिका अध्यक्ष छविलाल श्रीस मगरकाे अध्यक्षता र के.स. नारायण जिसीकाे उपस्थितिमा सम्पन्न भएको छ।भेलाले छविलाल श्रीस मगरकाे अध्यक्षतामा ९ पूर्ण २ बैकल्पिक र ३ सल्लाहकार सहित १४ सदस्यीय राजमाे तीन नं वडा समिति गठन गरेकाे छ। समितिको उपाध्यक्ष राेम बहादुर घर्ती मगर,सचिव रमिता घर्ती मगर,उपसचिव जिवा श्रीस मगर,काेषाध्यक्ष लुद्र घर्ती मगर क र सदस्यहरूमा रमिता घम,जीवन घम,नमी श्रीस मगर,बुद्ध घर्ती, लाेक बहादुर घम,सुभाष घम,लुद्र घम ख र सल्लाहकारमा बेगम पुन,रिमा घम र समुन्द्र पुन रहनु भएको छ। राजमाे पालिका समिति का सदस्य छवि श्रीसमगरकाे अध्यक्षता र के.स. नारायण जिसीकाे उपस्थितिमा वडा नं २ लिघामा पनि राजमाे काे प्रथम वडा भेला सम्पन्न भएको छ।भेला ले जेम बहादुर थापाकाे अध्यक्षतामा ७ सदस्यीय वडा समिति गठन गरेको छ।समितिको उपाध्यक्षमा भिम बहादुर पुन सचिवमा दीपक थापा काेषाध्यक्षमा पूर्ना पुन र सदस्यहरूमा टिक बहादुर थापा,संगिता थापा र कुमान थापा रहनु भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?