बिहिबार, भदौ २६, २०८२

राजमाे खवाङ काे पाचौं भेला सम्पन्न

प्यूठान चैत्र  १९ गते
प्यूठान जिल्लाकाे उत्तरी बेल्टमा रहेको खवाङ राजमाे काे अत्यन्त पुरानो आधारक्षेत्र  मध्येकाे एउटा क्षेत्र हाे। राजमाेका पुराना,पाका र मेहनती अनुहार शीत यहाँ प्रत्येक कार्यक्रममा भेट हुने अवसर मिल्ने गर्दछ।राजमाे प्यूठानको  ऐतिहासिक छैटौं जिल्ला सम्मेलन र बैसाख १० मा निश्चित भएको  राजमाे नाैवहिनी गाउपालिकाकाे प्रथम सम्मेलन सफलताको अभियानलाई अगाडि बढाउदै नाैवहिनी ४ खवाङमा पाँचौ वडा भेला सम्पन्न भएको छ। वडा समितिका अध्यक्ष हर्क बहादुर पुनकाे अध्यक्षता राजमाे नाैवहिनीका सचिव सम्राट पुन मगर र नारायण जिसीकाे विशेष उपस्थितिमा सम्पन्न भएको भेलाले जित बहादुर पुन काे अध्यक्षतामा ७ पूर्ण २ बैकल्पिक र २ सल्लाहकार गरि ११ सदस्यीय नयाँ समिति निर्वाचित गरेकाे छ।समितिकाे उपाध्यक्षमा जीवन पुन,सचिव भक्त बहादुर पुन,काेषाध्यक्ष झमा पुन सदस्यहरूमा प्रेम बहादुर झाँक्री,भिम बहादुर पुन,सचिन झाँक्री,पाेवी घर्ती,नाेमी पुन,सल्लाहकारमा हिरा बहादुर पुन र हर्क बहादुर पुन रहनु भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?