
प्रगतिशील पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय सम्मेलनबाट श्यामलाल पोख्रेल अध्यक्षमा निर्वाचित भएका छन। बुटवलमा सम्पन्न राष्ट्रिय सम्मेलनले पाेख्रेललाई अध्यक्षमा निर्विराेध निर्वाचित गरेकाे हाे।
त्यस्तै महासचिवमा प्रकाश थापा मगर र उपाध्यक्षमा विनोद पौडेल सचिवमा ताराप्रसाद शर्मा, गोपालप्रसाद भट्टराई र काेषाध्यक्षमा प्रज्ववल पहाडी, सचिवालय सदस्यमा महेश रिजाल निर्वाचित भएका छन्।
त्यसैगरी पूर्ण सदस्यमा नारायण गिरी, लक्ष्मी चौधरी, विद्यानाथ अधिकारी, शंकरप्रसाद पोख्रेल, तिलक गाउँले, मोहन बेलबासे, जुमानसिंह केसी, जितेन्द्र खत्री, शुक्र भण्डारी, हरि न्यौपाने, प्रकाश छन्त्याल, हरिकिशोर महतो, टंक अवस्थी, रमेश पौडेल, विनोद परियार निर्वाचित भएका छन्।
भने, वैकल्पिक केन्द्रीय सदस्यमा विशाल कार्की, रोशन दानी, सोमनाथ अधिकारी, कुलदीप न्यौपाने निर्विराेध निर्वाचित हुँदा चार स्थान रिक्त राखिएकाे छ।
त्यसैगरी सल्लाहकारमा रामनारायण सुवेदी, सुमन अधिकारी, डबल बोगटी, बैरागी जेठा, शशी सापकोटा, इश्वरी भण्डारी, भाषा शर्मा, किरण आचार्य रहेका छन।
सम्मेलन शुक्रबार बिहानदेखि सुरु भएकाे थियाे।