शुक्रबार, भदौ २७, २०८२

खुङ र प्युठान नपा ४ मा राष्ट्रिय जनमोर्चाले गर्यो वडा सम्मेलन

प्युठान । राष्ट्रिय जनमोर्चाले प्युठानका विभिन्न स्थानीय तह र वडामा भेला तथा सम्मेलनको कार्यक्रम जारी राखेको छ ।
यसैक्रममा शनिबा गौमुखी गाउँपालिका ५ खुङ्ग र प्युठान नगरपालिका ४ मा सम्मेलन सम्पनन भएको छ ।

गौमुखी–५ खुङ्गमा भएको सम्मेलनबाट कर्णबहादुर कुँवरको अध्यक्षतामा २३ पूर्ण र ७ वैकल्पिक सहित ३० सदस्यीय समिति निर्वाचित गरेको छ । साथै अर्जुन थापाको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ ।

टेकबहादुर परियारको सन्चालन, कर्णबहादुर कुँवरको अध्यक्षतामा अघि बढेको सो कार्यक्रममा, अखिल नेपाल महिला संघ खुङ्गकी अध्यक्ष यमा सामत, जनप्रतिनिधि पुष्पा सुनार, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य बरुणध्वज मल्ल, अध्यक्ष दशरथ मल्ल, नेकपा (मसाल) प्युठानका प्रवक्ता ज्ञामुराम न्यौपाने, राजमो नेता भरत केसीले शुभकामना दिनुभएको थियो ।

प्रेमा थापाले स्वागत गर्नुभएको कार्यक्रममा नब निर्वाचित समितिलाई मीनबहादुर बिष्टले शुभकामना दिनुभएको थियो ।

यता, प्युठान नगरपालिका वडा न ४मा राजमोको प्रथम सम्मेलन सम्मपन्न भएको छ । नगर अध्यक्ष धुर्ब थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)का केन्द्रीय सचिव सुरेश कुमार श्रेष्ठको आतिथ्यता रहेको थियो ।

डुकबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन माधव शर्माले गर्नुभएको थियो ।

सम्मेलनले डुकबहादुर कार्कीको अध्यक्षतामा११पूर्ण र ५ सल्लाहकार सहितको वडा समिति निर्वाचित गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?