शुक्रबार, भदौ २७, २०८२

रुकुममा सुस्तायो व्यवसाय पसलभाडा नै नउठ्ने चिन्तामा व्यवसायी

 

नारायण प्रसाद सुवेदी
रुकुम पुर्ब— रुकुम पुर्ब रुकुमकोटफेन्सी व्यवसायी समिक्षा सुबेदीको अधिकांश समय अहिले पसलमा मोबाइल चलाएर बितेको छ । पर्व नजिकिएसँगै उनले नयाँ सामान थपेकि छिन  । तर, किनमेल गर्ने मान्छेको कमीले उनी फुर्सदिला बनेकि बताइन । बजारमा ग्राहक नआएपछि मोबाइल चलाउने र टिकटक बनाउँदै टाइम पास गरिरहेको उनले सुनाइन

यसअघि चाडपर्व सुरु भएसँगै रुकुमकोटको बजार रंगीचंगी हुन्थे । किनमेलका लागि बजारमा मानिसहरूको भीड लाग्थ्यो । विशेष छुट र सेल बजारले ग्राहक उत्साहित हुन्थे ।चाड पर्बहरु नजिकिदै छन तर यहाँका व्यवसायी ग्राहकको पर्खाइमा सुस्ताउन वाध्य छन् ।
रुकुमकोट को फेन्सी बजार भनेर चिनिने छिप्रिदह सुनसान छ । व्यापारीले चाडपर्व नजिकिदै गरेको उत्साहमा पसलमा सामान भरिभराउ गरे पनि मान्छेको चहलपहल नहुँदा बजार सुनसान बनेको हो । लामो समयदेखि पुर्ख्यौली व्यापार गर्दै आएका समिक्षाले विगतमा व्यापारको रौनक बेग्लै हुने गरेको सुनाइन  । समिक्षा  रुकुम बस्न लागेकोपनि ५ बर्ष जतिभो। ‘चाडपर्ब सुरु भएसँगै व्यापार पनि बढ्ने र कपडा बेच्न भ्याइनभ्याइ हुन्थ्यो ।

त्यो क्रम मंसिरसम्मै चल्थ्यो,’ उनले भनिन , ‘अब विगत सम्झेर भएन । पछिल्लो दुई वर्षयता महामारीको प्रभावले हो वा आर्थिक मन्दिको कारणले हो, व्यापार ठप्पजस्तै छ ।’ खास गरी विभिन्न ठाउ बाट रुकुम मा घुम्नआउने गाउबाट अध्ययन गर्न आउने विद्यार्थीले यहाँको व्यापारमा ठूलो प्रभाव पारेका थिए । कोभिड लागेपछि शैक्षिक संस्था बन्द भए । विद्यार्थी घर फर्किएका छन् । दसैं बिदामा घर जाने बेला विद्यार्थीले नै धेरै किनमेल गर्ने गरेको समिक्षालाइ सम्झना छ । ‘तर, अहिले विद्यार्थीको मुखै देख्न पाइएको छैन,’ उनले भनिन ‘अहिले त दिनभरिमा यसो दुई–चार जना ग्राहक पसलमा आए भने पनि खुसी हुनु पर्ने स्थिति छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?