बिहिबार, भदौ २६, २०८२

निकृष्ट कार्यको घोर निन्दा र भर्त्सना गर्दछु प्रदिप जि सि

झिम्रुक गाउँपालिका अन्तर्गत रहेको ऐतिहासिक एवं पुरातात्त्विक महत्त्व बोकेको यस खड्क मन्दिर कोट परिसरमा विभिन्न संरचनाहरू पुनर्निर्माणको काम चलिरहेको अवस्थामा आज रातिको समयमा अत्यन्त निकृष्ट र तुच्छ मनोवृत्तिका साथ निर्माणको क्रममा प्रयोग भएको १००० लिटरको पानी ट्याङ्की, पानीको पाइप तथा बिधुत तार जलाई सिङ्गो कोटको गरिमा र महिमालाई धुमिल पार्ने दुर्नियतका साथ गरिएको यस घटनाको घोर निन्दा एवं भर्त्सना गर्दछु! यस अघि पटक पटक यस ठाउँमा मन्दिरको ढोका फोड्नुका साथै जिल्ला बन कार्यालय प्यूठान मार्फत उपलब्ध भएका आकर्षक सिमेन्टेड बेन्च समेत तोडफोड गरि यस ठाउँलाई कुरुप गराउन अग्रसर भएका ब्यक्तिको तत्काल छानबिन गरी कडा भन्दा कडा कारबाहीको माग राख्दछु! बारम्बार यस प्रकारका निकृष्ट क्रियाकलाप बढ्दै जादा सम्बन्धित सरोकारवाला निकायले कुनै चासो र पहल नलिनु अत्यन्त दुःखद कुरा हो! पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्र बनेको यस ठाउँलाई बदनाम गराउन खोज्ने यस्ता कुतत्वको पहिचानको लागि झिम्रुक गाऊँपालिका सरकार, सम्बन्धित वडा कार्यालयहरू, इलाका प्रहरी कार्यालय मच्छि, जिल्ला प्रहरी कार्यालय प्युठान, जिल्ला समन्वय समिति प्यूठान, लगायत सम्पूर्ण स्थानीय समुदाय समक्ष बिनम्र अनुरोध गर्दछु साथै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन र सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि एक जना हेरालु वा नियमित बस्ने ब्यक्ति र, CCTV क्यामेराहरू, विधुत आपूर्ति र सहज खानेपानीको प्रबन्ध मिलाउनुहुन झिम्रुक सरकार समक्ष विनम्र अनुरोध गर्दछु!
दोषीलाई कडा कारबाही होस्! यस्ता कुपात्रलाइ सामाजिक वहिस्कार गरियोस।
!
प्रदिप जि सी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?