शुक्रबार, भदौ २७, २०८२

प्युठानको मल्लरानीमा राष्ट्रिय जनमोर्चाको सम्मेलन सम्पन्न

email sharing button

कमल पौडेल, प्युठान ।

मल्लरानी गाउँपालिकामा राष्ट्रिय जनमोर्चाको प्रथम गाउँ सम्मेलन सम्पन्न भएको छ । बुधबार भएको सम्मेलनले गुणेन्द्रबहादुर बस्नेतको अध्यक्षतामा ६ जना सल्लाहकारसहित २५ सदस्यीय गाउँपालिका समिति गठन गरेको छ।

समितिको उपाध्यक्षमा डोरप्रसाद पोख्रेल, सचिव दुर्गा थापा, सहसचिव देवेन्द्र श्रेष्ठ, कोषाध्यक्ष विस्ना थापा चयन हुनुभएको छ । सदस्यहरुमा कमल पौडेल, रुमन केसी, गिरबहादुर विक, गणेश जिसि, सत्यमोहन राना, अम्बिका सुनार, बसन्त केसी, सोमबहादुर नेपाली, ओमबहादुर पुन, बोधि पोख्रेल, मिना श्रेष्ठ, राज कुमार श्रेष्ठ, गितेन्द्र मल्ल र खिमबहादुर कार्की रहनु भएको छ ।

यस्तै, गिरिराज पौडेल, लेखबहादुर थापा, सूर्यबहादुर सार्की, कृष्ण श्रेष्ठ, चिन्ताबहादुर राहु र उजेलि विक सल्लाहकार चयन हुनुभएकोे छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै राजमो लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्रीले राजमोले जनघाती, राष्ट्रघाती काममा कहिल्यै पनि नलागेको स्पष्ट पार्दै राजमोको झन्डामुनि गोलबन्ध हुन सबैलाई अनुरोध गर्नुभयो ।

सम्मेलनमा राजमो केन्द्रीय सदस्य कृष्णबहादुर खड्का र सरिता जिसि, जनजाति सम्मेलनका महासचिव अम्मरध्वज राना, युवक संघका केन्द्रीय उपाध्यक्ष हुमलाल नेपाली, किसान संघका जिल्ला अध्यक्ष गिरिराज पौडेल, अखिल नेपाल शिक्षक संगठनका लुम्बिनी प्रदेश सचिव कल्याण खड्कालगायतले सुभकामना मन्तव्य दिनुभएको थियो ।

सूर्यबहादुर सार्कीको अध्यक्षतामा अगाडि बढेको कार्यक्रममा स्वागत डोरप्रसाद पोख्रेल र सन्चालन अखिल नेपाल युवक संघ प्युठानका अध्यक्ष कमल पौडेलले गर्नुभएको थियो ।

सम्मेलनपछि बसेको बैठकले नयाँ सांगठनिक योजनासहित वैशाख २९ र ३० गते हुन लागेको जिल्ला सम्मेलन सफल बनाउन आवश्यक सहयोग गर्ने निर्णय गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?