
नारायण जि सि प्युठान झिमरुक
आज मिति २०८०/०१/०७ गतेका दिन श्री बालज्योती नेरा प्रा.बि. झिमरुक गाउँपालिका -३ कुटेडाडामा सिटिजन्स बैंक इन्टरनेशनल झिमरक शाखाको आयोजनामा सामाजिक उत्तरदायित्व” कार्यक्रम अन्तरगत रु२५०००/बरावरकाे शैक्षिक सामग्री वितरण गरेकाे छ।
बैंकका प्रबन्धक बालकृष्ण पोख्रेल र कर्मचारी कोकिल गिरीको बिशेष उपस्थितिमा भएकाे कार्यक्रममा बि.ब्य.स.अध्यक्ष वीर बहादुर बि.क. को अध्यक्षतामा झिम्रुक-३का वडा अध्यक्ष मीन बहादुर खत्रीको प्रमुख आथित्यतासम्पन्न उक्त कार्यक्रमको प्र.अ.शंकर बहादुर बस्नेतले बिद्यालयको सम्पुर्ण गतिविधि प्रकाश पार्नु भएको थियो ।
बैंक प्रबन्धक बालकृष्ण पोख्रेल ,टीका ब. जि.सि. शिक्षा समिती सदस्य ऐन्द्र बि.क. , जुमान सिह बि.क.र जगत बि.क.लगायतले आ-आफ्ना भनाइ राख्नु भयको थियो। उक्त कर्यक्रममा अभिभावक र बिद्यार्थीको उल्लेखनिय उपस्थिति रहेको थियो उक्त स्कुल झिमरुक गाउपालिका स्तरीय परिक्षामा कक्षा पाचमा प्रथम भएको थियो।यसै सैक्षिक सत्र देखि कक्षा ६ पनि संचालनमा आउने भएको छ।