
नारायण जि सि, झिमरुक प्युठान
सुर्यवंशी बशिष्ठ गाेत्री सुयल घर्ती क्षेत्री जि. सी. केन्द्रीय समिति ले २०८०सालकाे उपलक्ष्यमा क्यालेन्डर प्रकाशन गरेकाेमा क्यालेन्डर विमाेचन कार्यक्रम आयुष्मा हाेटेल मच्छीमा सम्पन्न गरेकाे छ।
जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जि. सी.ले विमाेचन गरेकाे कार्यक्रममा प्रमुख अतिथि जि.सी.लाई दाेसल्ला ओडाई केन्द्रीय अध्यक्ष नरेश बहादुर जि.सी.ले सम्मान गर्नु भएको थियाे।
कार्यक्रममा सस्तापक अध्यक्ष धन बहादुर जि .सी.,वंशावली निर्माणकार्यका सदस्य राजेन्द्र विक्रम सिह र झिमरुक गाउँपालिका सस्थापक अध्यक्ष तिलकबहादुर जि.सी.काे विशेष उपस्थिति थियाे।
कार्यक्रममा दिलिप जि.सी.,ऋषिराम शर्मा र धन बहादुर जि सी लगायतले सम्वाेधन गर्नु भएको थियाे।
कार्यक्रममा डमर सिह जि.सी.ले स्वागत भाषण र नारायण जि.सी.ले संचालन गर्नु भएकाे थियाे ।कार्यक्रममा कतिपय घरधुरिलाइ निशुल्क क्यालेन्डर बितरण गरिएको थियो।