शुक्रबार, भदौ २७, २०८२

रुकुम पूर्वमा जारी महोत्सबमा आज नायीका रेखा थापा लागायतका कलाकारहरूको  प्रस्तुति रहने

 

नारायण प्रसाद सुवेदी
रुकुम पुबको आजको मेलामा नायिका रेखा यीका थापाको साथमा गायक अमित परियार,गायीका मञ्जु भट्टराई, मोडलहरु रुविना अधिकारी र संगम मल्ल ठकुरी लगायतको पनि प्रस्तुति रहने कार्यक्रमका अध्यक्ष प्रकाश रन्काले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार महोत्सवमा झुमा डान्स ग्रुरुप र कमलदह डान्स ग्रुरुपको पनि बेजोड प्रस्तुति रहने छ । सबैको रोजाइमा रहनु भएकी नायीका रेखा थापाको प्रस्तिुति रहने हुँदा आज अन्य दिनभन्दा महोत्सव विशेष हुने उहाँले बताउनुभयो ।
समृद्ध पूर्वि रुकुमको आधार कृषि पर्यटन र ब्यापार भन्ने मूल नाराको साथ सदरमुकाम रुकुमकोटमा महोत्सव जारी छ । गएको चैत ३० गतेबाट रुकुमकोट स्थित रुक्मिणी माविको मैदानमा सञ्चालन भइरहेको महोत्सवमा दर्जन बढी राष्ट्रिय स्तरका कलाकारहरुले प्रस्तुति राखी सकेका छन । दिनहुँ जसो फरक प्रस्तुति पस्कने स्थानीय कलाकारले पनि महोत्सवको गरिमा बढाएको आयोजकले बताएको छ ।
मस्त संगित सङग्राहलय तथा ट्रेनिङ सेन्टर रुकुम पूर्वको आयोजना र सिस्ने गाउँपालिकाको प्रबर्द्धनमा महोत्सव सञ्चालन भइरहेको छ । महोत्सबमा उपस्थित भई भरपुर मनोरञ्जन लिन कार्यक्रमका संयोजक लखन स्वारले सबैमा आग्रह गर्नु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?