बिहिबार, बैशाख १३, २०८१

पाल्पाको भएको बस दुर्घटनामा  घाइते हुनेको संख्या ३३ एकजनाको मृत्यु  

 

बुटवलबाट बागलुङको बुर्तिबाङ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस आइतबार बिहान सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका-५ जोरधारामा दुर्घटनामा परेको थियो।

उक्त दुर्घटनामा परी एकजना महिलाको मृत्यु भएको र ३३ जना घाइतेको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले दुर्घटनामा परी घाइते भएका ३३ जनाको अस्पतालमा उपचार भइरहेको जानकारी दिए।

सामान्य घाइते भएका दुईजना भने सामान्य उपचार पछि घर फर्किएको प्रहरी नायब उपरीक्षक थापाले बताए। चारजना घाइतेको अवस्था भने चिन्ताजनक रहेको थापाले बताए।

 

दुर्घटनापछि बस सडकबाट करिब २ सय मिटर तल खसेको हो।

बुटवलस्थित पश्चिम नेपाल बस व्यवसायी प्रालिमा आवद्ध रहेको उक्त बसमा कति यात्रु चढेका थिए भन्ने अझै नखुलेको प्रहरीले जनाएको छ।

दुर्घटना पछि जिल्ला प्रहरी कार्यालय पाल्पा, ट्राफिक प्रहरी र दोभान प्रहरी चौकीबाट खटिएका प्रहरी र स्थानीयबासीले घाइतेहरूको उद्धार गरेका हुन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?