
गणेश पोख्रेल साउदिअरब
आज मिति २२/४/२०२३ का दिन साउदी अरब नेपाली एकता समाज केन्द्रिय समितिको आयोजनामा १५४औ लेनिन जयन्ती तथा नेपाल कमयुनिस्ट पार्टी को ७५ औं स्थापना दिवसको अवसरमा अनलाइन पर शिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम समिति का केन्द्रीय अध्यक्ष राजकुमार धिताल को अध्क्षयता मा र रा ज मो युवा नेता आनन्द राज शर्मा र अन्त राष्ट्रिय नेपाली एकता समाज का केन्द्रिय अध्यक्ष सक्तमान बुढाथोकी मगर को विशेष उपस्थिति र केन्द्रीय समिति का सचिव खुमिराम भण्डारी को सञ्चालन मा अगाडि बढेको कार्य क्रम मा ज्ञात अज्ञात शहीद प्रति १ मिनेट मौन धारण पछि समिति का महासचिव हरी प्रसाद शर्मा ले सम्पुर्ण कार्यक्रम मा उपस्थित सबैलाई शब्द मार्फत स्वागत गर्नु भएको थियो। विदेश स्थित नेपाली को अबस्था र हक अधिकार समस्या र चुनौती को सम्बन्ध मा सक्तमान बुढा थोकी मगर ले प्रशिक्षण दिनु भएको थियो भने। नेपाल कम्युनिस्ट पार्टीको स्थापना काल देखि आज सम्म को अवस्था र कम्युनिस्ट पार्टी हरु मा देखिने गरेका विचलन र वास्तविक कम्युनिष्ट पार्टी को वारेमा र लेनिन जयन्ती र लेनिन ले निर्माण गरेको संगठन पद्दति र कम्युनिस्ट पार्टी मा हुनु पर्ने लेनिन वादी अनुशासन को बारेमा रा ज मो युवा नेता आनन्द शर्मा ले प्रशिक्षण दिनु भएको थियो अन्त मा कार्य क्रम का अध्क्षय ले कम्युनिस्ट पार्टीको स्थपनाकालदेखि आज सम्म को इतिहास को बारेमा र लेनिन वादी संगठन को महत्व को बारेमा आफना विचार राख्दै कार्यक्रम समापन को घोषणा गर्नु भयो।