बिहिबार, भदौ २६, २०८२

राष्ट्रिय जनमोर्चा प्युठानको छैठौं जिल्ला सम्मेलन खलंगामा चल्दै

जुमान सिंह के. सी.
बैशाख २९ प्युठान
राष्ट्रिय जनमोर्चा प्युठानको ऐतिहासिक छैठौं जिल्ला सम्मेलन आजदेखी खलंगा प्युठानमा सुरु भएको छ।

गणतन्त्र, र्राष्ट्रियता,धर्मनिरपेक्षताको रक्षा गरौँ, संघीयताको खारेजी गरौँ! ऐतिहासिक छैठौं प्युठान जिल्ला सफल पारौं भन्ने मुलनाराका साथ सम्मेलन सुरु भएको छ।
सम्मेलनको उद्घाटन र्राष्ट्रिय जनमोर्चाका केन्द्रिय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले पानसमा बत्ति बालेर गर्नु भएको थियो।

कार्यक्रमको प्रमुख अतिथि केन्द्रिय उपाध्यक्ष दुर्गा पौडेलले नेपाल अत्यन्तै संकटमा परेको बताउनु भएको छ देशीविदेशी शक्तिहरुको चलखेल गरिरहेको भन्दै रास्ट्रका लागि सबै नेपाली जुरुक्क उठ्न पर्ने अवस्था आएको बताउनु भयो उहाँले भन्नु भयो” अमेरिकी साम्राज्यवादले बैधानिक तवरले नेपालमा चलखेल गर्न लागेकी र त्यसको प्रतिनिधि मुलक पार्टीको रुपमा र्राष्ट्रिय स्वतन्त्र पार्टी भएको आरोप लागाउनु भएको छ।
नंया जोगि खरानी घसेर आएको भन्दै

यिनिहरुबाट नेपाली जनताले सुख नपाउने भन्दै असम्भव भ्रमको पछि नलाग्न सचेत नेपालिलाई आग्रह गर्नु भएको छ। एक प्रसङ्गमा गणतन्त्र र प्राप्ति उपलब्धि जोगाउनका लागि अझै पनि गठबन्धन आवस्यक रहेको उल्लेख गर्न भएको छ

सम्मेलनमा शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथि राजमोका लुम्बिनी प्रदेशका अध्यक्ष बोम बहादुर खत्रीले देश झनपछि झन अप्ठ्यारोमा परेको बताउनु भयो “उहाँले नेपालका ठुला पार्टीहरु बिदेशीको दलाल बन्दा नेपालमा थप समस्या पैदा भएको बताउनु भएको छ। देशमा भ्रष्टाचार ब्यप्त छ तर सरकार मौन छ, विभिन्न किसिमका भ्रष्टाचारमा विभिन्न ओहदाको ब्यक्तिहरुको नाम सार्वजनिक भएको भए पनि ढाकछोप हुन सक्ने आशान्क रहेको भन्दै दोषी ठहरिए कडा कारबाही गर्न सरकार समक्ष आग्रह गर्नु भएको छ।

र्राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेशका सल्लाहकार शुरेस थापाले नेपालका युबाहरु बिदेश पलायन भएका छ्न देशमा रोजगार सृजना गर्ने कुनै तयारी छैन” नेपालका पार्टीहरु जनताका समस्या समाधान भन्दा पनि आफ्ना निजि स्वर्थमा लागिरहेको आरोप लगाउनु भएको छ।साथै उहाँले आफ्नो पार्टीको सहि निति, बिचार, सिदान्त भएको कारण अन्य पार्टीहरु आफ्नो पार्टी विरुद्ध लाग्ने गरेको बताउनु भएको छ।उहाँले अन्य पार्टीहरुले जनतामा झुट र भरम छरेर चुनाव जित्ने र खर्च गरेको पैसा उठाउन लागी परेको आरोप लगाउनु भएको छ।

सम्मेलनमा सुभकामना मन्त्ब्य राख्नेहरुमा राजमो का केन्द्रिय सदस्य पद्मा पन्डित, नेकपा मसाल लुम्बिनी प्रदेशका प्रवक्ता तिलक जिसि, प्युठानका जिल्ला प्रवक्ता ज्ञामुराम न्यौपाने, जनजाति सम्मेलनका केन्द्रिय महासचिव अमरध्वज रानमागर, अखिल नेपाल युवक संघका केन्द्रिय उपाध्यक्ष हुमलाल नेपाली, अन्टुकका केन्द्रिय सचीव शुरेस श्रेष्ठ र अखिल छैठोका चोप ब बिक रहनु भएको थियो।

सम्मेलनको अध्यक्षता जिल्ला अध्यक्ष कृष्ण बहादुर खड्काले गर्नु भएको कार्यक्रमको स्वागत मन्तब्य उपाध्यक्ष ईमान सिंह खड्काले गर्नु भएको थियो भने संचालन सचीव बिदुर मल्लले गर्नु भएको थियो।
शुक्रबार र शनिबार २ दिन सम्म चल्ने जिल्ला सम्मेलनले नयाँ जिल्ला समितिको निर्वाचन गर्ने राजमो प्युठानले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?