शुक्रबार, भदौ २७, २०८२

राष्ट्रिय जनमोर्चा प्युठानको अध्यक्षमा ज्ञामुराम न्यौपाने

जुमान सिंह के. सी.
बैशाख ३० प्युठान
राष्ट्रिय जनमोर्चा प्युठानको ऐतिहासिक छैठौं जिल्ला सम्मेलन खलंगा प्युठानमा शनिबार सम्पन्न भएको छ।
सम्मेलनले ज्ञामुराम न्यौपानेको अध्यक्षतामा ३१ जना रहेको पार्टीको जिल्ला समिति गठन गरेको छ। जसको उपाध्यक्ष ईमान सिंह खड्का, सचीव केशवराज आचार्य, कोषध्यक्ष टीका बहादुर जिसी, सहसचिब नारायण जिसी रहनु भएको छ त्यसै गरि सदस्यमा भरत केसी,इन्द्र बहादुर खड्का, लाल बहादुर रावत,धुर्व थापा,सिताराम पोख्रेल, दिलिप जिसी,गुणेन्द्र बस्नेत, पबित्रा जिसी, लगाएत चयन हुनु भएको राजमो प्युठानले बताएको छ।

जिल्ला सम्मेलनले १० सदस्य बैकल्पिक जिल्ला सदस्य र १० सदस्य रहेको जिल्ला सल्लाहकार समेत गठन गरेको छ।
सम्मेलन शुक्रबार र शनिबार दुई दिन सम्म खलंगामा गरिएको थियो। सम्मेलनको अवसरमा नेकपा मसालका महामन्त्री तथा कम्युनिस्ट नेता मोहन बिक्रम सिंहले देशको समसामयिक बर्तमानअवस्था बारेमा प्रशिणत्मक मन्त्ब्य राख्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?