
नारायण प्रसाद सुबेदि
प्युठानबाट बसाइसरि आउनुभयका दाङ देउखुरि मा बसोबास गर्नुभयका दाजुभाईहरुको उपस्थिति भई लमहि न पा ६अर्जुन खोलाको नजिकै पदमिनि खोलाको छेउमा सम्पुर्ण दाजुभाई मिलि सरसफाइ गरि पुजा स्थल बनाएर २०८०।०२।०१ गते भुमे को चोखो गरि २०८०।०२।०२ गते बिभिन्न सर्दालु भक्त जन हरुको उपस्थिति भएर रेसम सुबेदि को पुजारिकाम बाट भमे पुजा गरेकाछन।भुमेपुजाको आस्था राख्नेहरुको उपस्थिति रहेको थियो। भुमे पुजारा रेसम सुबेदि, घनश्याम सुबेदिका अनुसार कुलदेवता पूजाभनेको आफ्नो कुल देवतालाई खुसि बनाउनको लागि गरिने संस्कार हो । कुलपूजा भनेको कुलको परम्परा वा शास्त्रीय विधिअनुसार पितृ, ख्यातिप्राप्त पुर्खा, कुलका संरक्षक देवता तथा स्थानीय देवीदेवताको निश्चित तिथिमा गरिने पूजा हो। शास्त्रमा ‘कुल’का साथै कुलायन, कुलायिनीजस्ता शब्द प्रयोग गरेको पाइन्छ। जाति अनुसारको कुलको नाम फरक फरक हुने भयकाले कुलको पूजा गर्ने तरिका पनि फरक फरक हुन्छ। कुल देवता अथवा कुलायन भन्नाले कुल अथवा वंशमा पूजा गरिने देवता हो । प्रत्यक वंशको आफ्नै कुल देवता हुन्छ । प्राय हिन्दू, बौद्ध का साथै अन्य धर्महरूका अनुयायीहरूले पनि कुलायनको पूजा गरेको पाइन्छ । कुल देवताको पूजा गर्नाले अगती परेका पृतीहरूले मोक्ष पाउने र कुलको उद्धार हुने विश्वस गरिन्छ । सबै वंशहरूको आफ्नो आफ्नो कुलायन अथवा कुल देवता हुन्छन् । कतिपयले कुलायनको पूजा गर्दा जिवबली दिएर पूजा गरेको देखिन्छ । जिवबलीमा राँगा, बोका, सुँगूर, कुखुरा, हाँस आदी पशुपंक्षीहरूको बलि दिएर पूजा गरिन्छ । जिव बलि दिएर पूजा गर्दा पशूलाई समेत मुक्ती मिल्छ भन्ने रहेको छ । [१] तर हिन्दूधर्मको पवित्र धार्मीक ग्रन्थ गिता र श्रुतीमा हिंसा गर्नु महापातक हुने कुरा भनिएकोले कुलायन पूजा गर्दा दुध, खिर, फलफूलको भोग लगायर पूजा गर्नु पर्छ भनिएको छ।