शुक्रबार, चैत्र १६, २०८०

सम्झनाकाे तरेलीमा का० याेगेश राना

नारायण जिसी

जन्म संगै मृत्यु मानिस र प्राणी जगतको वास्तविकता हाे।जन्म सित मृत्युु जाेडिएकै भए पनि त्याे तिताे यथार्थ बाट कुनै पनि प्राणी जति टाढा रहन खाेजे पनि त्यसबाट अलग रहन सक्दैन । मानिसले प्रकृति र मानव सभ्यता बारे जे जति ज्ञान र विज्ञता हासिल गरेकाे छ त्याे अावश्यकता भन्दा कति न्यून छ भन्ने तथ्य वेलावेलामा प्रकट हुने गरेकाे पाईन्छ । त्यसैकाे एउटा गतिलाे प्रमाण हाे अल्पअायु मै भएको का०याेगेश राना काे मृत्यु ।का०याेगेश जस्तै हजारौं युवाहरूले मानव जीवन बारे भएका खाेज अनुसन्धानले पूर्णता नपाए कै कारण समयपूर्व ज्यान गुमाउनु परेका प्रसस्त उदाहरणहरू पाईन्छन्।
जिवनकालमा सबैको महत्त्व अा-अाफ्नै प्रकारले रहेको हुन्छ।तै पनि जस्ले मानव सभ्यता र समाजकाे लागि केही न केही याेगदान गरेको हुन्छ त्यस्ता ब्यक्तिहरू सदैव सम्झनाकाे तरेलीमा रहि रहने गर्दछन्,ती मध्ये एक हुनुहुन्थ्यो का०याेगेश राना।
का०याेगेश राना शीत मेराे पहिलो भेट राजस्थानकाे निमरानामा संगठन कार्य कै दाैरान भएको थियोे । वहाँ त्याे वेला झण्डै १७,१८ बर्षकाे कलिलो र जाेशिलाे युवा हुनुहुन्थ्यो । अहिले काे पश्चिम उत्तर र मध्य पश्चिम उत्तर एउटै क्षेत्र थियोे र म त्याे वेला युवक माेर्चाकाे जिम्मा मा थिए। त्यसै शिलशिलामा निमराना जाँदा खेल ग्राउन्ड मा दर्जनौं युवाहरूको जमघट थियोे ।त्यही वगालमा देख्दा हातले वनाए जस्तो पार्टी र क्रान्ति प्रति भरपुर अात्मविश्वासकाे झलक देखिने युवा हुनुहुन्थ्यो का० याेगेश राना।
संगठन कार्यमा दुबै जना निरन्तर लागि रहेपनि हाम्राे भेट लामो समयसम्म भएन। हर कार्यक्रम मा मैले त्याे उत्साही पार्टी र क्रान्ति प्रति अास्थावान युवाकाे अनुहार खाेजिरहन्थे तर भेटकाे अवसर जुरेकाे थिएन तैपनि मेराे मानस पटलमा त्याे अनुहार सधैं ताजा थियोे ।
पूर्व पश्चिम जता र जति टाढा रहे पनि एउटै उदेश्य र लक्ष लिएर हिडेका सहयात्रीहरूकाे भेट जिवनकाे कुनै न कुनै घुम्तीमा अवश्य हुन्छ भन्ने गरिन्छ ।त्यहि भनाइ सत्य सावित भयाे गत बर्ष प्युठान काे जलुके भृग्रीमा।संगठन कै कार्यक्रम काे दाैरान हामी वहाँ काे हाेटलमा पुग्यौं।झण्डै २०-२२ बर्ष पछि वहाँ शीत भेट भएको थियोे, पहिले देखेको युवा याेगेश र अहिले देखेको याेगेशमा जमिन अासमानकाे शारीरिक अन्तर त थियाे तर उत्साह र संगठन कार्य मा अझ शशक्त र पाकाेपन थियोे ।सयौं साथीहरू काे ब्यवस्थापनमा उहाँ ब्यस्त हुनुहुन्थ्यो तै पनि समय निकालेर कार्यक्रम काे अन्तिम मै भए पनि एउटै टेवलमा भाला कुसारी गर्दै चिया पियाै जुन भर्खर भर्खर जस्ताे लाग्छ। रातिकाे ९ बजिरहेको थियोे संगै जाने साथीहरू अगाडि गै सक्नुभएकाे थियोे । हतार हतारमा हामी पनि बाटो लाग्यौं र फेरि भेटेर विस्तार मा बस्ने प्रतिबद्धता सहित वहाँ शीत विदा भयौं । झण्डै रात्री ११ बजे हामी अाफ्नाे घर पुग्यौं,अघि हिडेका साथीहरूलाई जति प्रयास गर्दा पनि भेटाउन सकेनौं ।अफ्ट्यारो र जंगल समेत रहेकाे बाटो साथीहरूलाई नछाडे काे भए पनि हुन्थ्यो भन्ने लाग्याे तर त्यही दाेस्राे भेट नै हाम्राे स्मरणीय र अन्तिम भेट सावित भयाे।पार्टी र क्रान्ति प्रति सधै अास्थावान राना परिवारलेकाे छाेटाे समय भित्र एउटा अर्को उदाउँदो तारा अस्ताएकाे छ जुन क्षति परिवार,समाज र पार्टीको लागि अपुरणिय छ। का०याेगेशले देखाएको बाटो र लक्षकाे अनुसरण गर्दै वहाँ काे सपना साकार पार्न निरन्तर अघि बढाैं।यहि नै वहाँ प्रति सच्चा श्रद्धाञ्जली हुनेछ।
अलविदा का०याेगेश राना !!!

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal