बिहिबार, भदौ २६, २०८२ | Thursday 11th September 2025
तिलोत्तमामा राष्ट्रिय जनमोर्चाको नगर सम्मेलन सम्पन्न अध्यक्षमा: हर्क बहादुर टन्डन
झिमरुक पोस्ट
शनिबार, जेष्ठ ६, २०८०
शङ्करप्रसाद पोख्रेल, बुटवल ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा राष्ट्रिय जनमोर्चाको प्रथम नगर हर्क टण्डनलाई अध्यक्षमा चयन गर्दै सम्मेलन सम्पन्न भएको छ ।
२०८० जेठ ६ गते राजमो केन्द्रीय सदस्य रामकुमार क्षेत्रीको प्रमुख आतिथ्यम सम्मेलन सम्पन्न भएको हो ।
प्रमुख अतिथि क्षेत्रीले ब्यानर पढेर सम्मेलनको उद्घाटन गगर्नुभएको थियो । सो अवसरमा उहाँले उद्घाटन तथा नवनिर्वाचित समितिलाई बधाई मन्तव्य पनि दिनुभएको थियो ।
मन्तव्यको क्रममा उहाँले देशमा राष्ट्रघात, जनघात, भ्रष्टाचार बढेकाले त्यसका विरुद्ध आन्दोलनको आधिबेहेरी सृजना गर्न आम नेपालीले राजमोको झन्डा समाउनुपर्ने बेला आएको बताउनुभयो ।
सम्मेलनका विशिष्ट अतिथि राजमो रुपन्देही सचिव टानबहादुर केसी हुनुहुन्थ्यो । उहाँलले नयाँ समितिको प्यानल घोषणा गर्नुभएको थियो ।
सम्मेलनले हर्क टन्डन अध्यक्ष रहनुभएको २२ सदस्यीय राजमोको नगर समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा उमाकान्त न्यौपाने, सचिवमा कविराज गिरी र कोषाध्यक्षमा मिनु थापा रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा नगेन्द्रराज श्रीनेत, नरबहादुर थापा, प्रेमलाल पन्थ, यामबहादुर परियार, रेशम घिमिरे, विष्णु पराजुली, जङ्गबहादुर केसी, देवी आचार्य र तुल्सी उपाध्याय रहनुभएको छ ।
समितिको वैकल्पिक सदस्यहरूमा कृष्णबहादुर हिताङ, माधव भुसाल, खडकबहादुर महत र विष्णुप्रसाद घिमिरे रहनुभएको छ ।
सम्मेलनले शिवराम घिमिरे, रुकबहादुर पराजुली, विष्णु विक, यज्ञप्रसाद उपाध्याय र दयानिधि पौडेललाई सल्लाहकारमा चयन गरेको छ ।
सम्मेलनमा राजमो केन्दीय सदस्य इन्दिरा ज्ञवाली, कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, अखिल नेपाल बुद्धिजीवी सङ्घका सचिवालय सदस्य दुर्गानाथ खरेल, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य भानु जिसी, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका केन्द्रीय अध्यक्ष ढुन्डिराज शर्मा, नेकपा (मसाल) रुपन्देही प्रवक्ता लालचन्द पन्थ, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का जिल्ला सचिव शिवराम घिमिरे, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का जिल्ला अध्यक्ष कविराज गिरी, अखिल नेपाल जनजाति सम्मेलन गुल्मीका अध्यक्ष गुमानसिंह पुन, राजमो नेताहरू जायश्वर रेग्मी, गङ्गालाल सापकोटा, यमबहादुर परियार, नगेन्द्रराज श्रीनेतलगायतले शुभकामना दिनुभएको थियो ।
कार्यक्रमको अध्यक्षता रुकबहादुर पराजुलीले, स्वागत दयानिधि पौडेलले र सञ्चालन हुमकान्त न्यौपानेले गर्नुभएको थियो ।
स्थानीय मगरघाट हलमा सम्पन्न उक्त कार्यक्रमा रक्तिम सांस्कृतिक अभियानका कलाकारको पञ्चेबाजासहित मार्चपास तथा जुलुस निकालिएको थियो ।