शुक्रबार, भदौ २७, २०८२ | Friday 12th September 2025
प्युठानमा राजमो जुर्माएर उठ्ने लक्षण टोलटोलमा संगठन बिस्तार गर्ने
झिमरुक पोस्ट
सोमवार, जेष्ठ ८, २०८०
प्युठान । राष्ट्रिय जनमोर्चा, प्युठानले टोल टोलमा संगठन विस्तार सदस्यता अभियान सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ ।
गत वैशाख २९ र ३० गते सम्पन्न छैटौं जिल्ला सम्मेलनका निर्णयबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ज्ञामुराम न्यौपानेले सो जानकारी दिनुभएको हो ।
सोमबार जुम्रीको कालिका गेष्टहाउसको सभाहलमा भएको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष न्यौपानेले जिल्ला सम्मेलनबाट निर्वाचित नयाँ समितिको पहिलो बैठक जेठ ७ गते बसेको बताउनुभयो । सो बैठकले जेठ महिना भित्र जिल्लाभर ९ वटै पालिकामा बैठकको आयोजना गर्ने, असार र साउन महिनामा टोल समिति निर्माण र सदस्यता वितरण, कात्तिकमा भैलो कार्यक्रम गर्ने, मंसिर र पुसमा आर्थिक अभियान सञ्चालन गर्ने निर्णय गरिएको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।
देशमा अमेरिकी साम्राज्यवादको बढ्दो प्रभावलाई मध्यनजर गर्दै त्यस्का विरुद्ध मेची–महाकाली अभियान सञ्चालन भइरहेको पनि उहाँले जानकारी दिनुभयो । राजमोले जेठ १ गतेदेखि साम्राज्यवादविरुद्ध मेची महाकाली अभियान सञ्चालन गरिरहेको छ ।
‘जनताको एजेन्डामा राष्ट्रिय जनमोर्चा सधैँभरी अडिक छ’ उहाँले भन्नुभयो, ‘देशमा जनविरोधी गतिविधि बढिरहेका छन् । त्यस्ता गतिविधिप्रति राष्ट्रिय जनमोर्चा चुप लागेर बस्दैन । खबरदारी गर्छ ।’
मुलुकमा भ्रष्टाचारले चरम सीमा नाघेकोप्रति पनि जनमोर्चा गम्भीर भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्रीले जिल्लाको विकास निर्माणलाई अलपत्र पार्ने परिपाटी अन्त्य गर्न खबरदारी गर्नुपर्ने बताउनुभयो । उहाँले जिल्लाका कतिपय सरोकारका विषयमा सबै दलको सहकार्य नभएकोले विकासले गति लिन नसकेको बताउनुभयो । विकास र समृद्धिको लागि राष्ट्रिय जनमोर्चा सबैसँग हातेमालो गर्न तयार रहेको उहाँको भनाई थियो ।
अध्यक्ष ज्ञानुराम न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्र, प्रदेश र जिल्लास्तरीय नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ प्युठानका अध्यक्ष संजय रिजाल, महासंघका केन्द्रीय सदस्य सुशील पोख्रेलसहित पत्रकारहरु उपस्थित हुनुहुन्थ्यो ।