शुक्रबार, भदौ २७, २०८२

मेची-महाकाली अभियानकाे प्यूठानको मच्छीमा बिराेध सभा सम्पन्न

कुलचन्द्र विस्वकर्मा
राष्ट्रिय जनमाेर्चा केन्द्रीय समितिको आयाेजनामा अमेरिकी साम्राज्यवाद बिरूद्द संचालित मेची-महाकाली अभियान अन्तर्गत प्यूठान झिमरूक गाउँ पालिकाकाे केन्द्र मच्छि बजारमा बिराेध सभा सम्पन्न गरेकाे छ। बिराेध सभामा मुख्य बक्ताकाे रूपमा टाेली नेता राजमाे केन्द्रीय उपाध्यक्ष,प्रवक्ता तथा पूर्व साँसद दुर्गा पाैडेलले सम्वाेधन गर्नु भएको थियोे ।कार्यक्रममा नेकपा(मसाल)का लुम्बिनी प्रदेश प्रवक्ता क०तिलक जिसी,अखिल (छैटौं)का केन्द्रीय अध्यक्ष देवेन्द्र कुवर,अखिल नेपाल महिला संघ केन्द्रीय सचिव तारा जिसी,राजमाे प्यूठानका अध्यक्ष ज्ञामुराम न्याैपाने ले पनि सम्वाेधन गर्नुभएको थियोे ।कार्यक्रमकाे संचालन राजमाे पालिका सचिव खेम बहादुर विकले गर्नु भएको थियो ।मेची-महाकाली अभियानकाे टाेली आजै अर्घाखाँची प्रवेश गर्ने कार्यक्रम रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?