शुक्रबार, भदौ २७, २०८२ | Friday 12th September 2025
भारतले नेपालका नेतालाई अफु अनुकुल खेलायो : चित्र बहादुर केसी
झिमरुक पोस्ट
सोमवार, जेष्ठ २२, २०८०
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतले नेपालका नेताहरुलाई बिरालोले मुसा खेलाएझैँ खेलाएको आरोप लगाउनुभएको छ । भारतले नेपाललाई सिक्किम र भुटान बनाउन प्रयत्न गरिरहेको केसीले बताउनुभयो ।
आइतबार संसद भवन बाहिर सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै केसीले भारतले भूमि मिचेको र ईपीजी प्रतिवेदनबारे प्रधानमन्त्रीको भ्रमणमा प्रश्न नै नउठाएको बताउनुभयो ।
‘भारतले भूमि मिचेकोबारे कुरै भएन। इपीजी बारेमा प्रश्नै उठाउनुभएन। भारतले नेपालको शासकहरुलाई बिरालोले मुसो खेलाएझैँ खेलाएर नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथि, यहाँको प्राकृतिक, स्रोत, साधनमाथि कब्जा गर्दै गएको छ,’ उहाँले भन्नुभयो, ‘सबभन्दा पहिले नेपालमा करोडौँ अंगीकृत नागरिकबाट जन्मिएकालाई वंशजको नागरिक गराएर नेपालमा भारतीयहरूले जनसांख्यिक हिसाबले बहुमत भारतीयहरुको बनाउन चाहन्छन्।’
नेपाललाई हिन्दुराज्य बनाउने मात्रै बनाउने नभई अखण्ड भारतमा समेत सामेल गराउने तयारी भारतको रहेको उहाँको भनाइ छ। नयाँ बनेको संसदमा अखण्ड भारत भनेर हाम्रो कपिलवस्तु, रुपन्देही, लुम्बिनी, पाकिस्तानको तक्षशिला राखेर भारतीय शासकहरु अखण्ड भारत बनाउने भनेपछि भारतले के के आँटिराखेको छ भन्दै उहाँले प्रश्न गर्नुभयो । नेपाललाई अखण्ड भारतमा सामेल गराउने योजना रहेको उहाँले बताउनुभयो ।
उहाँले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले नागरिकता विधेयक प्रमाणीकरणका लागि जस लिन नपाएका कारण संसदमा विरोध गरेको आरोप पनि लगाउनुभयो ।
एमालेले संसद अवरोध गरेकोबारे केसीले भन्नुभयो, ‘अहिले जुन बन्द गरिरहनु भएको छ साथीहरुले उहाँहरुले अंगिकृत नागरिकबाट जन्मिएकालाई वंशजको दिनुहुन्न भन्ने होइन कि उहाँहरुले दिन पाइएन त्यत्ति कुरा हो। अघिल्लो संसदले पारित गर्यो नि ।’ विगतमा केपी ओली प्रधानमन्त्री हुँदा विधेयकमा निधारले हस्ताक्षर गरेको उहाँको भनाई छ।
केसीले थप्नुभयो ‘यदी त्यतिबेला ओलीजी नै प्रधानमन्त्री भए निधारले सही गरेर तत्कालिन राष्ट्रपतिलाई दिनुभएको। अहिलेको झगडा भनेको कसले दिने त्यो काम ? त्यही हो।’
त्यस्तै उहाँले भारतीय हरुले नेपालमा भारतीयलाई नागरिकता दिलाएर जनसांख्यिक हिसाबले बहुमत पुर्याउन खोजेका बताउनुभयो ।
‘अंगीकृतबाट जन्मिएकालाई वंशजको नागरिकता दिनै मिल्दैन। संविधानमै त्यो कुरा राखियो षड्यन्त्र गरेर। भारतीय शासकहरुले भनेका छन् नेपालमा एक करोड भारतीय छन् भनेर। एकातिर भूगोलमाथि आक्रमण, अर्कोतिर जनसांख्यिक आक्रमण गरेर भारतले नेपाललाई सिक्किम बनाउन, भूटान बनाउन प्रयत्न गरिराखेको छ,’ सांसद केसीले भने, ‘त्यसको विरुद्धमा संगठित रुपले नेपाली जनताले त्यो हस्तक्षेपको विरोध गर्नुपर्छ।’
केसीले अंगीकृतका सन्तानलाई वंशजको नागरिकता दिने नीतिविरुद्ध राष्ट्रिय जनमोर्चा एक्लै लडिरहेको स्मरण पनि गर्नुभयो ।