शुक्रबार, भदौ २७, २०८२

पाल्पामा जिप दुर्घटनाहुंदा : मृत्यु हुने ४ को सनाखत, ११ घाइते

रुपन्देहीबाट अर्घाखाची जाँदै गरेको जिप पाल्पाको सत्यवती केवरे डाँडामा दुर्घटना हुँदा मृत्यु भएका ४ जनाको सनाखत भएको छ।  लु १ च ९०२४ नम्बरको जीप आइतबार बेलुका ५ बजेतिर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका हुन्।

मृत्यु हुनेहरुमा पाणिनी गाउँपालिका- १ पणेनाकी ५५ वर्षिया श्यामकला परियार, वडा नं २ पोखराथोकका २६ वर्षीय चालक रमेश विक, २५ वर्षीया सिता गौतम, २ वर्षका संयोग गौतमको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी विरेन्द्र थापाले बताए।

दुर्घटना भएको बलेरो जिप रातो प्लेटको निजी सवारी साधन रहेको छ। सालझण्डी अर्घाखाँची ढोरपाटन सडकमा अत्याधिक मात्रामा निजी प्रयोजनका सवारी साधनले नियमित रुपमा यात्रु तथा मालसामान बोक्दै आएका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?